‘चपली हाईट ३’ टिमलाई सिनेमा हल सुरक्षित रहेको बुझाउने चुनौती

‘चपली हाईट ३’ टिमलाई सिनेमा हल सुरक्षित रहेको बुझाउने चुनौती

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी पौष ३० अर्थात शुक्रवारबाट रिलिज हुने तयारीमा रहेको सिनेमा ‘चपली हाईट ३’लाई बढ्दो कोरोना महामारीको चुनौती थपिएको छ । विभिन्न कारण पटक पटक रिलिज सरेको सिनेमालाई रिलिज अगाडी सिनेमा हल सवैभन्दा सुरक्षित रहेको बुझाउने चुनौती छ ।

सिनेमालाई बलिउड र हलिउडमा सिनेमा रिलिज नहुँदा ठुलो फाइदा भएपनि सरकारले लागु गरेका केही निति नियमका कारण अलि अप्ठेरो परिस्थिति सिर्जना एको छ । रिलिजको पहिलो साता सहज रुपमा दर्शकले सिनेमा हेर्न पाउने भएता पनि दोस्रो साताबाट खोप कार्ड अनिवार्य गरेका कारण त्यो अलि झन्झिटिलो अवश्य बन्ने छ । जसको चुनौती हल व्यावसायी र निर्माताले दर्शकलाई बुझाउन हुनेछ ।

सोमबार गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढि भिडभाड नगर्न पाउने लगायतको २५ बुँदे निति निर्माण गरेको छ । तर, उपत्यकाका सिडियोको बैठकले सिनेमा हललाई भने ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन गर्ने अनुमति दिएको छ । यो कुरा दर्शकलाई बुझाउन अहिले सिनेमाकर्मीको प्रमुख चुनौती बन्ने छ ।

तर, निर्देशक निकेश खड्का सिनेमा हल सवैभन्दा सुरक्षित ठाउँ भएकाले दर्शक हलसम्म आउन नरोकिने बताउँछन् । हामीलाई बुझाउन केही गाह्रो त पक्कै छ । आफु र आफ्नो टिमले राम्रो सिनेमा निर्माण गरेको एउटा सफल सिरिज भएकाले पनि दर्शक हलसम्म पुग्ने विश्वास निर्देशक खड्कालाई छ ।

अर्जुन कुमारको लगानीमा निर्माण भएको ‘चपली हाइट’को तेस्रो सिरिजमा स्वस्तिमाका अलवा सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ ।

सिनेमामा पुरुषेत्तम प्रधानको छायांकन, सुवास भुषाल र अर्जुन कुमारको संगीत, उत्तम न्यौपानेको ब्यागराउण्ड स्कोर र दीर्घ खड्काको सम्पादन रहेको छ ।