अक्षय र इमरानको मुख्य भुमिकामा ‘सेल्फी’ निर्माण घोषणा

अक्षय र इमरानको मुख्य भुमिकामा ‘सेल्फी’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र इमरान हासमीको मुख्य भुमिका रहने सिनेमा ‘सेल्फी’को निर्माण घोषणा गरिएको छ । यो मल्यालम सिनेमा ‘ड्राइभिङ लाइसेन्स’को हिंन्दी रिमक हो ।

धर्मा प्रोडक्सनको व्यानरमा करण जोहरले निर्माण गर्ने सिनेमालाई राज मेहताले निर्देशन गर्नेछन् । उनले यसअघि करण जोहरसँग ‘गुड न्युज र जुग जुग जियो’ मा सहकार्य गरिसकेका छन् । भने अक्षय कुमारसँग यो उनको दोस्रो सहकार्य हो उनीहरुले यसअघि ‘गुड न्युज’मा सहकार्य गरेका थिए ।

चाँडै फ्लोरमा जाने सिनेमालाई मल्यालममा पृथ्वीराज सुकुमारन र लिस्टीन स्टेफेनले निर्माण गरेका थिए । ४ करोड बजेटमा निर्माण भएको सिनेमाले बक्सअफिसमा ३० करोड माथीको व्यापार गरेको थियो । अब सोही कथामा बलिउड सिनेमा ‘सेल्फी’ निर्माण हुने भएपछि दर्शकमाझ प्रतिक्षा निकै बढेको छ ।