‘चपली हाईट ३’लाई उच्च शोज्, अग्रीम टिकट बुकिङ खुल्ला

‘चपली हाईट ३’लाई उच्च शोज्, अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चपली हाईट ३’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । कोरोना महामारी पश्चात पहिलो पटक नेपाली सिनेमा पहिलो पटक उच्च शोज पाएको छ । बलिउड र हलिउडको सिनेमाको पोस्टपोन्ड भएसँगै नेपाली सिनेमाले मल्टिप्लेक्सदेखि सिंगर स्क्रिनसम्म उच्च शोज पाएको हो ।

सिनेमाले नेपालको सवैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै २६ शोज उपलब्ध गराएको हो । यस्तै विग मुभिजले ४ शोज, एफक्युबले ४ शोज, सिने डि सेफले ५ शोज, क्युज सिनेमाज्ले ५ शोज, आईएनआई लोत्से सिनेमाले ५ शोज, बिएसआर मुभिजले ४ शोज दिएको छ । यस्तै देशका अधिकांश सिंगल हलमा पनि सिनेमा रिलिज हुनेछ ।

निकेश खड्का निर्देशित सिनेमामा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन कुमारको लगानी रहेको सिनेमामा नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता हुन् । सिनेमाको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

डिपी खनालको शब्द रचना, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘चपली हाइट ३’ क्राइम-थ्रिलर जनरामा निर्माण भएको हो । सिनेमाको पहलो र दोस्रोपछि तेस्रो सिरिज दर्शकको प्रतिक्षामा छ ।