शुक्रवारबाट नेपाली हलमा ‘चपली हाईट ३’ रिलिज

शुक्रवारबाट नेपाली हलमा ‘चपली हाईट ३’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रवारबाट नेपाली सिनेमा ‘चपली हाईट ३’ प्रदर्शनमा आएको छ । यस मितिमा भारतमा बढेको कोरोना महामारीले बलिउडका ठुला सिनेमाको प्रदर्शन स्थिगित भएपछि त्यसको प्रत्यक्ष फाइदा ‘चपली हाईट ३’ लाई भएको छ ।

सिनेमाले मल्टिप्लेक्सदेखि सिगंल स्क्रिनसम्म अधिकांश हलमा रिलिज भएको सिनेमाले व्यापारमा निकै फाइदा हुने विश्वास निर्माण टिमदेखि सिनेमाकर्मीसम्मलाई छ । सिनेमाले रिलिजको विहानी शोजमा सुखद् अकुपेन्सी कायम गरेको निर्माता अर्जुन कुमारले बताएका छन् । सिनेमालाई म्युजिक भिडियोका सफल निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । उनले यसअघि ‘जिन्दगी रक्स र फाटेको जुत्ता’ निर्देशन गरिसकेका छन् ।

अर्जुन कुमारको लगानीमा निर्माण भएको ‘चपली हाइट’को तेस्रो सिरिजमा स्वस्तिमाका अलवा सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ ।

सिनेमामा पुरुषेत्तम प्रधानको छायांकन, सुवास भुषाल र अर्जुन कुमारको संगीत, उत्तम न्यौपानेको ब्यागराउण्ड स्कोर र दीर्घ खड्काको सम्पादन रहेको छ ।