‘चपली हाईट ३’को सुखद् सुरुवात, दर्शकबाट मिश्रित प्रतिक्रिया

‘चपली हाईट ३’को सुखद् सुरुवात, दर्शकबाट मिश्रित प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आजबाट प्रदर्शनमा आएको सिनेमा ‘चपली हाईट ३’ले सुखद् सुरुवात गरेको निर्माता अर्जुन कुमारले बताए । विहानी शोजमा सोचे जस्तो दर्शकको चाप नभएपनि दिउँसोका अधिकांश हलमा दर्शकको राम्रो उपस्थीति रहेको उनको भनाई छ । सिनेमा हेरेका अधिकांश दर्शकले ‘चपली हाईट ३’लाई मिश्रित प्रतिक्रिया दिएका छन् ।

शुक्रबार दर्शकबाट पाएको प्रतिक्रियाले भोली शनिबार दर्शकको राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ । नेपालमा कमै मात्र बन्ने सस्पेन्स थ्रिलर सिनेमा मध्ये चपली हाईटको तेस्रो सिरिज हलमा दर्शकलाई बाँधेर राखेको निर्देशक खड्काले बताए । आजको प्रतिक्रियाले दर्शकको संङ्ख्या दिन दिनै बढ्दै जाने विस्वास निर्देशक खड्काले व्यक्त गरे ।

यस्तै सिनेमाले सिंगल स्क्रिनदेखि मल्टिप्लेक्ससम्मका दर्शकलाई आकर्षण गरेको छ । सिनेमाले काठमाडौंमा मात्रै नभई मोफसलमा समेत दर्शकको राम्रो साथ पाएको छ । भोली माघी विदा र शनिवार पनि भएकोले देशभरका अधिकांश हलमा दर्शक सिनेमा हेर्न पुग्ने विश्वास सहित शोज्मा समेत बढोत्तरी गरिएको छ । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले समेत शनिबारलाई २६ शोजलाई बढाएर ३३ शोज पुर्याएको छ ।

अर्जुन कुमा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ ।

सिनेमामा पुरुषेत्तम प्रधानको छायांकन, सुवास भुषाल र अर्जुन कुमारको संगीत, उत्तम न्यौपानेको ब्यागराउण्ड स्कोर र दीर्घ खड्काको सम्पादन रहेको छ ।