माघ १५ गतेसम्म सिनेमा हल बन्द, मारमा ‘चपली हाईट ३’

माघ १५ गतेसम्म सिनेमा हल बन्द, मारमा ‘चपली हाईट ३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोनाको तेस्रो लहर तिव्र गतिमा फैलिएसँगै नेपाल सरकारले सिनेमा हलहरु पुनः बन्द गर्ने निर्णय गरेको छ । आइतवार मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म सिनेमा हलहरु सञ्चालन गर्न नपाउने बताएका छन् । सरकारले दोहोरी साँझ, क्लब, पब, हेल्थ क्लब, जिमखाना लगायत पनि बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाका कारण यसअघि दुई पटक हलहरु बन्द भइसकेका छन् । पहिलो चरणको महामारीमा करीब ९ महिना बन्द भएर खुलेका हलहरु सरकारले तीन महिनामै फेरि बन्द गराएको थियो । दोस्रो पटक करीब ५ महिना बन्द भएर यसपालीको दशैंबाट हलहरु खुले । कोरोनाको तेस्रो लहर फैलिएसँगै सरकारले फेरि हल बन्द गर्ने निर्णय गरेपछि सिनेमाकर्मी निराश बनेका छन् ।

माघ १५ गतेसम्म हलहरु बन्द गर्ने सरकारको निर्णयले सबैभन्दा ठूलो मारमा प्रदर्शनरत ‘चपली हाइट ३’ लाई परेको छ । यो सिनेमा शुक्रवारबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनको तीन दिनमै हलहरु बन्द हुने भएपछि निर्मातालाई ठुलो आर्थिक क्षति बेहोर्नु परेको छ । निर्माता अर्जुन कुमारले सिनेमा चन्दा चल्दै सिनेमा हल बन्द गर्ने निर्णय आफुलाई ठुलो घाटा लागेको बताएका छन् । सिनेमाले विभिन्न हल्लाका बाबजुद सुखद व्यापार गरिरहेको थियो ।