सिनेमा हल बन्द भएता पनि छायांकन रोकिँदैन : विकास बोर्ड

सिनेमा हल बन्द भएता पनि छायांकन रोकिँदैन : विकास बोर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १५ गतेसम्म लागु हुने गरि सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । सरकारको निर्णयले सवैभन्दा ठुलो मारमा प्रदर्शनरत सिनेमा ‘चपली हाईट ३’ परेको छ । तीन दिन मात्र चलेको सिनेमाले प्रदर्शन स्थगित गर्नु परेको छ ।

सिनेमा हल बन्द भए पनि सरकारले सुटिङको विषयमा स्पष्ट निर्देशन दिएको छैन । सिनेमाकर्मी यसले अहिले ठुलो अन्यौलमा छन् । यही विषयमा हामीले चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालसँग बुझ्दा सुटिङको विषयमा हालसम्म कुनै विशेष निर्देशन नभएकाले उही २५ देखि ५० जनासम्म भएर सिनेमा सुटिङ गर्न सकिने बताए ।

बोर्ड अध्यक्ष दाहालले अगाडी भने ‘सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेको छ । सुटिङको हकमा पनि यही लागू हुन्छ अर्थात् २५ जनासम्मको टिम लिएर सुटिङ गर्न सकिन्छ । पार्टी प्यालेसमा सरकारले ५० जनासम्मलाई भेला हुन छुट दिएकाले यतिको संख्यासम्म पनि प्रयोग गर्न पाइयो ।’

अहिले सुवर्ण थापा निर्देशित ‘म’ र सम्राट बस्नेत निर्देशित ‘लाखे’को काठमाडौंका विभिन्न स्थानमा धमाधम छायांकन भैरहेका छन् । सरकारको निर्णयले अन्योलमा रहेको निर्माण टिमलाई भने बोर्डको यो निर्णयले केही सहज हुने विश्वास बोर्डको छ । आगामी लिनमा सरकारले कुनै ठोस निर्णय गरेको खण्डमा भने सिनेमाको छायांकन रोकिने बोर्डले जनाएको छ ।