‘पुष्पा’को आइटम गीतका लागि समन्थालाई ५ करोड पारिश्रमिक

‘पुष्पा’को आइटम गीतका लागि समन्थालाई ५ करोड पारिश्रमिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारती अभिनेत्री समन्था रुथ प्रभु पछिल्ललो समय बलिउडमा समेत सक्रिय हुने तयारीमा छन् । उनलाई बलिउडमा डिजिटलमा रिलिज भएको राज एण्ड डिके निर्देशित बेव सिरिज ‘दि फ्यामिली मेन सिजन २’ले चिनाएको हो ।

हाल समन्था सुपरहिट सिनेमा ‘पुष्पा: द राइज’को आइटम गीतबाट चर्चामा छिन् । यो गीतले भारतमा मात्रै नभई उनलाई विश्वका धेरै देशका दर्शकमाझ परिचित गराएको छ । गीतमा उनको डान्स स्टेप र अदाले दर्शकलाई फिदा बनाएको छ । बलिउड मिडियाका अनुसार सिनेमाको उक्त आइटम गीतमा पहिले उनले काम गर्न चाहेकी थिइनन् ।

तर, सिनेमा मुख्य अभिनेता अल्लु अर्जु आफै समन्थालाई मनाउन उनको घर गएका थिए । त्यसका साथै सिनेमाको उक्त गीतमा डान्स गरे वाफत उनलाई निकै ठुलो पारिश्रमिक अफर गरिएको थियो । जसले गर्दा उनी सिनेमामा आइटम गर्न तयार भएकी थिइन् । बलिउड हंगामाका अनुसार समन्थाले आइटम डान्स गरे वाफत ५ करोड पारिश्रमिक पाएकी छन् । यो उनको सिनेमा करियरकै ठुलो पारिश्रमिक हो ।

यसअघि उनले एउटा सिनेमामा मुख्य अभिनेत्रीको रुपमा काम गरे वाफत तीन करोड पारिश्रमिक पाउँदै आएकी थिइन् । तर ‘पुष्पा’को एउटा गीतमा आइटम डान्स गरे वाफत पाएको पारिश्रमिक र गीतको सफलताले उनलाई अहिले चर्चाको शिखरमा पुर्याएको छ ।