तमिल सुपरस्टार धनुष र एश्वर्याको डिभोर्स

तमिल सुपरस्टार धनुष र एश्वर्याको डिभोर्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तमिल सुपरस्टार रजनिकान्तकी छोरी ऐश्वर्या र धनुषको जोडीलाई एक आदर्श जोडीको रुपमा चिन्ने गरिन्थो । तर अब यो जोडीले अलग्गिने निर्णयमा पुगेका छन् । सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट दिएकी छन् ।

ऐश्वर्याका अलावा अभिनेता धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरुको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् । उनीहरुको विवाहको १८ वर्ष पुगेको छ । धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । तमिल रीतिरिवाज अनुसार विवाह गरेका उनीहरुका दुई सन्तान छन् ।

धनुषले समाजिक सञ्जालमा लेखेका छन्, ‘हामी १८ वर्ष सँगै रह्यौं । यो समय हामी साथी, आमाबाबु, जोडी र एकअर्काको साथी बनेर बस्यौं । यो यात्रामा हामीले अगाडि बढ्नका लागि एकअर्कालाई सम्झियौं र धेरै कुरा भयो । आज हाम्रो बाटो अलग्गिँदैछ । म र ऐश्वर्या एक जोडीका रुपमा अलग हुँदैछौं । हामी अहिले हरेक विषयलाई अलग–अलग किसिमले सम्झिने कोशिस गरिरहेका छौं । कृपया हाम्रो यो निर्णयको सम्मान गर्नुहोला र गोपनियताको अवसर दिनुहोला ।’