नेपाली सिनेमा ‘गेम’को गीतमा राजेश र मिलनको स्वर

नेपाली सिनेमा ‘गेम’को गीतमा राजेश र मिलनको स्वर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक टेक पौरखीको निर्देशनमा नेपाली सिनेमा ‘गेम’ निर्माण हुने भएको छ । हाल ‘गेम’को गीतहरुको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा भैरहेका छन् ।

सिनेमाका गीतमा राजेश पायल राई र मिलन नेवारको आवाजमा रेकर्डिङ गरिएको छ । हालै अमेरिकाबाट फर्केका राई अहिले एल्वमदेखि सिनेमाका गीतमा स्वर दिन व्यस्त छन् । सिनेमाको उक्त गीतमा अपेक्षा सिग्देल (यशोदा) को शब्द तथा संगीत र गणेश चौधरीको एरेञ्ज रहने छ ।

यसअघि कोशिस क्षेत्रीलाई लिएर ‘माया पिरिम’ र बुद्धि तामाङलाई लिएर ‘मट्टी माला’ नाममा सिनेमा निर्देशन गरेका टेक पौरखी हाल गेमको प्रिप्रोडक्सनमा व्यस्छन् । सिनेमाको काठमाडौं र सिक्किममा छायांकन गरिनेछ । सिनेमालाई नरेन गुरुङ र कुष्ण कुमारले निर्माण गर्दैछन् ।