दीपिकाले ‘गेहराइया’मा एक सिनको लागि खाइन ४८ टेक

दीपिकाले ‘गेहराइया’मा एक सिनको लागि खाइन ४८ टेक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘गेहराइया’को ट्रेलर केहिदिन अघि सार्वजनिक गरिएको यिो । सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै विभिन्न कारणले चर्चामा छ । सिनेमामा समावेश इन्टिमेट सिनका विषयमा अभिनेता रणबीर सिंहले दिएको प्रतिक्रियाले दर्शकमाझ कौतुहलता जगाएको छ । यो सिनेमा सिधै ओटिटीमा रिलिज हुनेछ ।

अभिनेत्री दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी, धैर्य करवा र अनन्या पान्डको मुख्य भुमिका रहेको सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित कलाकारहरूले सिनेमासँग जोडिएका रमाइला घटनाहरू सेयर गरेका छन् । जसमा अभिनेत्री दीपिकाले एउटा दृश्यका लागि ४८ टेक लिएको बारेमा पनि बताएकी छन् । निर्देशक शकुन बत्राले उनलाई एउटा दृश्यका लागि ४८ पटक टेक लिन लगाएका थिए ।

‘मैले कैयौँ निर्देशकहरूसँग काम गरेको छु । जसमध्ये केहीले आफ्नो सिनेमाबाट के चाहन्छन् भन्ने स्पष्ट हुन्छ त कोही यसबारे अनजान हुन्छन् । तर, यहाँ त सबैभन्दा फरक शकुन बत्रा हुनुहुन्छ । उहाँलाई थाहा छ सिनेमाबाट के चाहिन्छ, तर पनि केही न केही नयाँ प्रयास गरिरहन्छन्,’ दीपिका अगाडी भन्छिन्, ‘उहाँ त दृश्य छायांकनको बेला छेउमै बस्छन् । यस्तो अनुभव मैले पहिला कहिले गरिन् । जब मानिसहरूले मलाई उहासँग कामगरेको अनुभव कस्तो भयो भनेर सोध्नुहुन्छ तब म उहाँले मलाई एउटा दृश्यका लागि ४८ टेक गराउनु भएको सुनाउँछु ।’

सिनेमामा उनले मात्रै नभएर अरू कलाकारहरूले पनि छायांकनको समयमा भोगेको पीडा भन्दै दीपिकाले खुलासा गरेकी छन् । दीपिकाको खुलासामा अरू कलाकारहरूले पनि सहमति जनाएका थिए । तर, दीपिकाले कुन दृश्यमा यतिधेरै पटक टेक दिनुपरेको थियो भन्ने खुलाइनन् ।