एट्लीको सिनेमाका लागि अल्लु अर्जुनलाई सय करोड पारिश्रमिक अफर

एट्लीको सिनेमाका लागि अल्लु अर्जुनलाई सय करोड पारिश्रमिक अफर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको हालै रिलिज भएको सिनेमा ‘पुष्पा’ले बक्सअफिसमा बम्पर व्यापार गर्यो । यो सिनेमा हिट भएपछि उनलाई थुप्रै सिनेमाबाट अफर आइरहेका छन् ।

अल्लु अर्जुन अहिले ‘पुष्पा’को दोस्रो पार्टको छायांकनको तयारीमा त्यसपछि उनी कस्को सिनेमामा अभिनय गर्छन्, पक्का छैन् । तर उनलाई अफर आएका थुप्रै सिनेमा मध्ये एक हो तमिलका सफल निर्देशक एट्ली कुमारको नयाँ सिनेमा । यो सिनेमा प्यान इन्डिया स्केलमा निर्माण हुनेछ ।

हाल बलिउड अभिनेता शाहरुख खानलाई लिएर ‘लायन’ नामक सिनेमा निर्देशन गरिरहेका उनी लगत्तै अर्को सिनेमाको तयारीमा छन् । अहिले लायनको छायांकन रोकिएको छ । यो सिनेमाको छायांकन सकेपछि उनले अल्लु अर्जुनसँग काम गर्न चाहेका छन् ।

सिनेमाको अफर अल्लु अर्जुनसम्म पुगिसकेको छ । एक चरण उनीसँग भेटवार्ता पनि भैसकेको बलिउड मिडियाले उल्लेख गरेका छन् । एट्लीले सिनेमाका लागि अल्लुलाई निकै ठुलो रकम पारिश्रमिक पनि अफर गरेका छन् । बलिउड मिडिया कोइमोइका अनुसार उनी सिनेमामा अभिनय गरे वाफत अल्लु अर्जुनलाई एक सय कारोड पारिश्रमिक दिन तयार छन् ।

‘पुष्पा’ले बक्सअफिसमा बम्पर ब्यापार गरेपछि एट्लीले उनलाई आजसम्मकै ठुलो पारिश्रमिक अफर गरेका छन् । उनले निर्देशन गरेका अधिकांश तमिल सिनेमा बक्सअफिसमा ब्लकबस्टर भएका छन् ।