प्रेमी सुरजसँग विवाह बन्धनमा बाँधिइन मौनी राय

प्रेमी सुरजसँग विवाह बन्धनमा बाँधिइन मौनी राय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी हुन् ।

 

दुवैका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरज दक्षिण भारतीय हुन् । टीभी सिरियलकी ‘नागिन’को रुपमा चर्चित मौनी र सुरजको विवाहका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर भइरहेका छन् ।

मौनीले सन् २००७ मा एकता कपूरको प्रसिद्ध सिरियल ‘क्योंकि सास भी कभी बहू थी’बाट करिअर शुरु गरेकी थिइन् । उनले सन् २०१८ मा अक्षय कुमारको जोडी बनेर सिनेमा ‘गोल्ड’बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

विवाहका लागि मौनी सोमबार मुम्बईबाट गोवा पुगेकी थिइन् । उनका दुलहा सुरज एक इन्भेष्टमेन्ट बैंकर हुन्, उनी दुबईमा बस्दै आएका छन् ।