‘अतरंगी रे’ पश्चात दुई ठुला बलिउड सिनेमामा धनुष अनुबन्धित

‘अतरंगी रे’ पश्चात दुई ठुला बलिउड सिनेमामा धनुष अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तमिल सुपरस्टार धनुष पछिल्लो समय बलिउड सिनेमामा पनि आफ्नो छाप छाड्दै गईरहेका छन् । आनन्द एल रायको ‘रांझणा’बाट बलिउडमा डेव्यु गरेका उनले अभिनय गरेको दोस्रो बलिउड सिनेमा ‘अतरंगी रे’ हालै रिलिज भएको थियो ।

आनन्द एल रायकै निर्देशनमा निर्माण भएको यो सिनेमा हलमा नभई सिधै ओटिटीमा रिलिज भएको थियो । यो सिनेमाको सफलतासँगै उनले निर्देशक रायसँग तेस्रो पटक सहकार्य गर्ने भएका छन् । सिनेमा एक्सन लभस्टोरी जनरामा निर्माण हुने बलिउड मिडियाले जनाएका छन् ।

सिनेमामा धनुषले बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री साराअली खानसँग स्क्रिन सेयर गरेका थिए । सिनेमाले दर्शक तथा समिक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । सिनेमाको सफलताले निर्देशक राय र अभिनेता धनुष दुवैलाई उत्साहित बनाएको छ । जसको परिणाम शोरुप उनीहरुले तेस्रो पटक सहकार्य गर्न लागेका हुन् ।

आनन्द एल रायका अलवा उनले एक अर्को ठुलो बलिउड सिनेमा पनि साइन गरेका न्युज पोर्टल बलिउड हंगामाले जनाएको छ । सिनेमामा बलिउडका ए ग्रेड निर्माताको लगानी रहने उल्लेख गरिएको छ । सिनेमाको चाँडै अफिसियल निर्माण घोषणा गरिनेछ ।