तेजस्वी प्रकाश बनिन् ‘बिग बोस’को १५ औं विजेता

तेजस्वी प्रकाश बनिन् ‘बिग बोस’को १५ औं विजेता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘बिग बोस’को १५ औं विजेता तेजस्वी प्रकाश बनेकी छन् । भारतीय टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय रियालिटी शो ‘बिग बोस’को १५ औं सिजनमा टिभी सिरियलकी अभिनेत्री तेजस्वी प्रकाश सहभागी थिइन् । उनले ट्रफी सहित ४० लाख भारु पुरस्कार जितेकी छन् ।

शोमा प्रतीक सहजपाल उपविजेता बने । तेजस्वीका प्रेमी करण कुन्द्रा तेस्रो भए । आइतबार राती निशान्त भाट, तेजस्वी, करण, प्रतीक र शमिता शेट्टीबीच फाइनल प्रतिस्पर्धा भएको थियो । तर, निशान्त १० लाख भारु लिएर शोबाट बाहिरिएका थिए । जसलाई शोका सन्चालक सलमान खानले पनि सही निर्णय भनेका थिए ।

यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो । अन्ततः तेजस्वी, करण र प्रतीकबीच भएको निर्णायक स्पर्धामा तेजस्वीले उपाधि पोल्टामा पारिन् । एकता कपूरको लोकप्रिय टेलिभिजन सिरियल ‘नागिन’को मुख्य भूमिकाका लागि शोको विजेता बनेसँगै तेजस्वीले प्रवेश पाइन् ।