‘पुष्पा’ले हिन्दी भर्सनमा कमायो एक सय करोड

‘पुष्पा’ले हिन्दी भर्सनमा कमायो एक सय करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा ‘पुष्पा’को हिन्दी भर्सनले सय करोड कमाएको छ । सातौं हप्तामा ‘पुष्पा’ले कुल कमाइमा २ करोड थप्दै सिनेमाले दुर्लभ कीर्तिमान कायम गरेको हो । पहिलो हप्ता ३ करोड ३३ लाख कमाइ गर्दै आफ्नो यात्रा सुरु गरेको ‘पुष्पा’ले यो कमाईसँगै ‘बाहुबली’को रेकर्ड पछ्याएको हो ।

 

‘पुष्पा’को जस्तै ‘बाहुबली’ पनि तेलगु भाषामा बनेर हिन्दीमा डब गरी प्रदर्शनमा आएको थियो । यो सिनेमाले हिन्दी भर्सनमा मात्र १ सय १७ करोड कमाई गरेको थियो । महामारीका कारण भारतमा अधिकांश राज्यमा हल बन्द हुँदा पनि यो सिनेमाले गरेको कमाइ आश्चर्यजनक भएको बलिउड मिडियाले जनाएका छन् ।

सिनेमालाई ओटिटी रिलिजले पनि असर गरेन । ओटिटीमा सार्वजनिक भए पनि हलमा सिनेमा हेर्ने दर्शकमा कुनै कमी थिएन । दुई भागमा आउने सिनेमाको पहिलो भागका गीत र संवाद भाइरल भएका छन् । सिनेमामा अल्लु अर्जुन र रश्मिका मन्दाना, सुनिल, पहाद फासिल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।