लक्ष्मण सुवेदीको निर्देशनमा ‘ठगराज’ निर्माण घोषणा

लक्ष्मण सुवेदीको निर्देशनमा ‘ठगराज’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले नयाँ सिनेमा ‘ठगराज’ निर्माण घोषणा गरेका छन् । माघ १९ गते जन्मदिनको अवसर पारेर सिनेमाको निर्माण घोषणा गरेका हुन् । समाजिक विषयवस्तुमा निर्माण हुने सिनेमाको कथा स्वयंम निर्देशक सुवेदीले लेखिरहेका छन् ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया र दिलासा क्रियसनको ब्यानरमा निर्माण हुने सिनेमाका लागि कलाकार तथा अन्य टिमको बारेमा जानकारी केही समयमा गराइने निर्देशक सुवेदीले बताए । सिनेमाको चैत्र अन्तिमबाट छायांकन सुरु गर्ने उनको योजना छ । ‘ठगराज’ सामाजिक कथा, कमेडी, प्रेम र सेन्टीमेन्टको एउटा प्याकेज रहेको उनले जानकारी दिए ।

सिनेमा ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यू गरेका सुवेदीले पछिल्लो पटक सिनेमा ‘लालजोडी’ को निर्देशन गरेका थिए । महेन्द्र बुढाथोकी निर्देशित ‘स्टार’का कार्यकारी निर्माता रहेका सुवेदी करिब पाँच वर्षपछि सिनेमा निर्माण तथा निर्देशनमा कमव्याक गर्दैछन् । निर्देशक सुवेदीको लेखन रहेको सिनेमा ‘कृष्ण लिला’ प्रदर्शनको तयारीमा छ । यसअघि उनले ‘आरोप’को समेत स्कृप्ट लेखनको जिम्वारी सम्हालेका थिए ।