दिनेश डिसी नेपाल नेटवर्क टेलिभिजनको सिईओ नियुक्त

दिनेश डिसी नेपाल नेटवर्क टेलिभिजनको सिईओ नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – संचारकर्मी तथा निर्देशक दिनेश डिसी नेपाल नेटवर्क टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बिगत तिन दशक देखि मिडियामा सक्रिय दिनेश डिसी टेलिभिजन, रेडियो तथा सिनेमा क्षेत्रमा आफ्नो एउटा बेग्लै पहिचान बनाउन सफल छन् ।

वसन्त पंचमीको शुभ दिन पारेर डिसीलाई डिएआर ग्रुपले संचालन गर्ने टेलिभिजनको सिईओमा नियुक्त गरेको हो । पछिल्लो समय कान्तिपुर टेलिभिजन तथा रेडियोको स्टेसन हेडको जिम्मेवारी सम्हालेका डिसी अब नेपाल नेटवर्क टेलिभिजनमा आवद्द भएका छन् । कम्पनीका संरक्षक गोविन्दराम दाहाल र डिसी बिच औपचारिक हस्ताक्षर सम्पन्न भएको छ ।

नेपाल नेटवर्क टेलिभिजनमा नियुक्त भए पछि आफ्नो तिन दशक लामो अनुभवलाई अब नयाँ प्रबिधि मार्फत अझै दर्शकहरु माझ पुर्याउने ठुलो चुनौती तथा अथाह अवसरको रुपमा लिएको डिसीले बताए । आगामी नयाँ बर्षको सुरुवात संगै टेलिभिजनको प्रशारण सुरु हुने संचालक समिति सदस्य श्याम धितालले जानकारी दिए ।

शुभारम्भ संगै टेलिभिजनले रियालिटी शो ‘सिङ्गर’ सोल फुल भ्वाइस संगै अन्य कार्यक्रमहरुको प्रशारण हुने धितालले जानकारी दिए । निर्देशक डिसी कान्तिप’र टेलिभिजनमा आवद्ध हुनु पूर्व निर्देशक समाज नेपालको अध्यक्ष थिए । सयौं सिनेमामा अभिनय गरेका डिसीले मायाज बार र फुलै फुलको मौसम तिमिलाई लगायतका सिनेमाका निर्देशक हुन् ।