फागुन १ गतेबाट सिनेमा हल सञ्चालनमा आउने

फागुन १ गतेबाट सिनेमा हल सञ्चालनमा आउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीको तेस्रो लहरका कारण नेपाल सरकारले माघ ३ गतेबाट १५ गतेसम्मका लागि सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो । तर कोरोना संक्रमण तीब्र भएपछिसिनेमा हल बन्द गर्ने निर्णय माघ मसान्तसम्म लम्बिएको थियो ।

यसबीच विस्तारै कोरोना संक्रमण घट्न थालेपछि आइतबार बसेको सिसिएमसी बैठकको सिफारिसमा सिनेमा हल खोल्ने निर्णय भएको छ । काठमाडौं जिल्ला प्रसासन कार्यलयका अनुसार आगामी फागुन १ गतेबाट सिनेमा हल सञ्चालन गर्न अनुमति दिइएको छ ।

सिनेमा हल खोल्ने निर्णय भएसँगै अब फागुन १३ गते मुकुन्द भट्ट निर्देशित सिनेमा ‘लप्पन छप्पन २’ नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । निर्माण टिमले केही दिनमा सिनेमाको प्रचार प्रसार हुने जनकारी गराएको छ ।