सुवर्ण थापा निर्देशित ‘म’को इन्डक्ल्याप

सुवर्ण थापा निर्देशित ‘म’को इन्डक्ल्याप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीको तेस्रो लहरसँग छायांकनमा गएको सिनेमा ‘म’को सुटिङ्ग सकिएको छ । क्यामेरा ‘अन’ भएको २६औं दिनमा आइतवार फिल्मको छायांकन सकिएको निर्देशक सुवर्ण थापाले जानकारी दिए ।

सिनेमाको सम्पूर्ण छायांकन काठमाडौंमा नै गरिएको हो । सिनेमाको अनलाइन इडिटिङ्ग भइसकेको र माहोल राम्रो भएको खण्डमा आगामी जेठ महिनाभित्र प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । सिनेमा सम्बन्धि अध्यापन गराउँदै आएको कान्तिपुर सिनेमा एकेडेमीले सिनेमाको निर्माण गरेको हो ।

‘म’ को तीन वर्षअघि निर्माण घोषणा गरेर केही प्रतिशत छायांकन समेत भइसकेको थियो । तर, सोचेअनुरुप काम ननिस्किएपछि निर्माण टिमले ‘कास्ट एन्ड क्रियू’ परिवर्तन गरेर फेरि सुरुवातबाट छायांकन गरेको हो । जसका कारण एकेडेमीको ठुलो धनराशी खर्च भएको थियो ।

सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, निराजन प्रधान, पुनम श्रेष्ठ, संजोग रसाईली, नरेन खड्काको अभिनय रहेको सिनेमाको निर्मातामा विमला हुमागाई र पदम पुरी छन् । सिनेमालाई तेन्जिङ्ग पाल्देनले छायांकन हुन् । महामारीका बावजूद पनि सम्पूर्ण टिमको सहयोगले सिनेमाको छायांकन सम्भव भएको कार्यकारी निर्माता प्रकाश पुरीले बताए ।