‘हरितारा चलचित्र पुरस्कार तथा सम्मान’को घोषणा

‘हरितारा चलचित्र पुरस्कार तथा सम्मान’को घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मालाई प्रदान गरिने भएको छ । संस्थाका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा वैशाख ९ गते बसेको बैठकले २०७७ सालको हरितारा चलचित्र पुरस्कार मिथिला शर्मालाई अर्पण गर्ने निर्णय गरेको हो ।

४ दशकभन्दा बढी समय देखि नेपाली सिनेमाको क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा र्पुयाउन महत्वपूर्ण योगदान गरेकाले अभिनेत्री शर्मालाई सम्मान अर्पण गर्न लागिएको संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सोही बैठकले २०७८ सालको हरितारा चलचित्र पुरस्कार रंग पत्रकार विदुर गिरीलाई दिने पनि निर्णय गरेको छ । ३ दशकभन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृति, सिनेमा क्षेत्रको प्रवद्र्धन र पेशाकर्मीको उत्थानका लागि देश विदेशमा र्पुयाएको योगदानका लागि पत्रकार गिरीलाई पुरस्कार दिन लागिएको संस्थाले जनाएको छ ।

पुरस्कारको राशि जनही पच्चिस-पच्चिस हजार रहेको छ । यस्तै, विक्रम संवत २०७७/२०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र वरिष्ठ प्राविधिक मनोज केसीलाई अर्पण गर्ने निर्णय गरिएको छ । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको राशि जनही दश दश हजार रहेको छ ।

परिवर्तन नेपालको सोही बैठकले सिनेमा क्षेत्रमा विशेष योगदान र्पुयाएका निर्देशक मदन घिमिरे, निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक तथा निर्माता मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गर्ने र प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आबद्ध भई आ-आफ्नो क्षेत्रमा योगदान र्पुयाएका चरित्र अभिनेत्री शारदा गिरी ‘काली बुढी’,निर्देशक जनक खकुरेल, मोडल दिपाशा विसी, खेलाडी तथा कलाकार नन्दा बस्याल, रंगकर्मी मन्जु निरौला, रंगकर्मी रजनी अर्याल, रंगकर्मी रेणु पौडेललाई परिवर्तन सम्मान अर्पण गर्ने निर्णय गरेको जनाएको छ ।

यस्तै, गीतकार, लेखक, निर्देशक तथा संस्कृतिविद स्वः चेतन कार्कीको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय समेत संस्थाले गरेको छ । स्थापना वर्षको पुरस्कार लेखक निर्देशक अभिनेता देशभक्त खनाललाई अर्पण गर्ने निर्णय गरेको छ ।

सोही बैठकले परिवर्तन पत्रकारिता विशेष सम्मान चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलालाई अर्पण गर्ने निर्णय गरेको छ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी तथा गीतकार शान्तिप्रिय रहेको समितिले गरेको हो ।

तीनवटै पुरस्कार र सम्मान जेष्ठको दोश्रो हप्ता एउटा विशेष समारोहको आयोजना गरी अर्पण गरिनेछ । विक्रम संवत २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा ९तारा नानी० ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार सिनेमा क्षेत्रकै पहिलो पुरस्कार हो ।