ह्युस्टनमा ‘हल्कारा’लाई उत्कृष्ट सिनेमा अवार्ड

ह्युस्टनमा ‘हल्कारा’लाई उत्कृष्ट सिनेमा अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘हल्कारा : द पोस्टम्यान’ अमेरिकी सिनेमा महोत्सव वल्र्डफेस्ट ह्युस्टनमा उत्कृष्ट विदेशीभाषी सिनेमा घोषित भएको छ । विजयी भएसँगै सिनेमाले प्लाटिनम रेमी अवार्ड जितेको छ ।

महेश त्रिपाठीको मुख्य भुमिका रहेको सिनेमाबाट चिन्तन राजभण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका छन् । विक्रम सापकोटा निर्देशित सिनेमाबाट महेश त्रिपाठी अभिनेता विधामा मनोनयन भएका थिए । गाउँमा खबर र्पुयाउने एक चरित्रको कथा प्रस्तुत गर्ने सिनेमालाई विक्रम सापकोटाले लेखेका हुन् ।

सिनेमाको वल्र्ड प्रिमियर पनि सोही फेस्टिभलमा भएको थियो । सिनेमालाई चाँडै नेपालका सिनेमा हलमा रिलिज गर्ने तयारी रहेको निर्माता रामकृष्ण पोखरेलले जानकारी दिए । आइसफल प्रोडक्सन र कालिपार स्टुडियोजको ब्यानरमा निर्माण भएको विनिता थापामगरको अभिनय छ ।