सेन्सरमा ‘चिसो मान्छे’लाई युनिभर्सल सर्टिफिकेट

सेन्सरमा ‘चिसो मान्छे’लाई युनिभर्सल सर्टिफिकेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अगामी असार ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चिसो मान्छे’ सेन्सर पास भएको छ । सिनेमालाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको हो । अब सवै वर्गका दर्शकले सहज रुपमा सिनेमा हेर्न पाउने छन् । ‘चिसो मान्छे’ले सार्वजनिक पोस्टर, टिजर र ट्रेलरबाट दर्शकमाझ ठूलो हाइप बनाएको छ ।

निर्देशक दीपेन्द्र के खनाल आफ्ना हरेक सिनेमामा समाजभित्रको गम्भीर विषयलाई सुक्ष्म रुपमा उठाउँदै आएका छन् । उनकै कारण यो सिनेमाप्रति दर्शक र सिनेमाकर्मीमा अपेक्षा धेरै छ । सोमबार भएको सेन्सरमा सिनेमा हेरेपछि कर्मचारीले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । उनीहरुले अर्को बर्ष राष्ट्रिय पुरस्कार पाउने सिनेमा बनेको प्रतिक्रिया दिएको निर्मात्री शर्मिला पाण्डेले बताइन् ।

सेन्सरबाट पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक खनालले बताएका छन् । सिनेमाले विदेशबाट आएको शव गाडीमा लिएर काठमाडौंदेखि बजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा प्रस्तुत छ । सिनेमाको कथा, पटकथा, संवाद तथा छायांकन स्वयंम निर्देशक खनालले लेखेका हुन् । सिनेमा सम्पादन दीर्घ खड्काले गरेका छन् ।

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा देशभक्त खनाल, स्वस्तिमा खड्का, अर्पण थापा, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतका कलाकारको अभिनय छ ।