युट्युव ट्रेण्डिङको शिर्ष स्थानमा ‘डाँडाको बरपीपल’

युट्युव ट्रेण्डिङको शिर्ष स्थानमा ‘डाँडाको बरपीपल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बक्सअफिसमा डिजास्टर सावित भएको सिनेमा ‘डाँडाको बरपीपल’ युट्बमा रिलिज भएको छ । हलमा दर्शकको माया पाउन नसकेको सिनेमाले युट्युबमा भने राम्रो दर्शक बटुलेको छ । सिनेमा हाल युट्युव ट्रेण्डिङको शिर्ष स्थानमा छ ।

युट्युबको कमेन्ट बक्समा दर्शकले सिनेमा निकै राम्रो बनेको भन्दै तारिफको ओइरो लगाएका छन् । विशेष गरी मुख्य अभिनेता सलोन बस्नेत र रुविना श्रेष्ठको तारिफ दर्शकले गरेका छन् । सिनेमालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । बुढासुब्बा डिजिटलले पहिलो पटक आफ्नै लगानीमा सिनेमा निर्माण गरेको थियो ।

सिनेमामा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतको पनि अभिनय छ । नवराज गिरीको लगानी रहेको सिनेमालाई सुशान्त प्रजापतिले खिचेका हुन् ।