अर्पण र मेनुकाको मुख्य भुमिकामा ‘डलर एयुडी’ निर्माण घोषणा

अर्पण र मेनुकाको मुख्य भुमिकामा ‘डलर एयुडी’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – देव कुमार श्रेष्ठको निर्देशनमा नेपाली सिनेमा ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो । अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको बिषयमा सिनेमा निर्माण हुने छ ।

साउन पहिलो हप्ताबाट छायांकनको तयारीमा रहेको सिनेमा एएसएपी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुनेछ । सन्तोष अधिकारी फिल्मस् प्रोडक्सन र अमारियाको प्रोडक्सनको व्यानरको लगानी रहने सिनेमामा मेनुका प्रधान, अर्पण थापा र सन्तोष अधिकारीको मुख्य भुमिका रहने छ ।

हाल सिनेमाका लागि एक अभिनेता र अभिनेत्रीको खोजी भैरहको कार्यकारी निर्माता सन्तोष अधिकारीले बताए । सिनेमाको सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिनेछ । सिनेमाको कथा चे शंकरले लेखेका हुन् । उनी सिनेमाका एसिस्टेन्ट डिरेक्टरको रुपमा पनि रहने छन् ।

अन्जना अधिकारी, अरुण श्रेष्ठ, धर्मराज अधिकारी, त्रिश्ना गुरुङ र गंगाराम श्रेष्ठ सह-निर्माता रहेको सिनेमामा नितिन चन्दको डिओपी, रहको सिनेमाटोग्राफी, सुरेश राईको संगीत, अजय अधिकारीको शब्द रचना र मनोरञ्जन श्रेष्ठको सम्पादन रहनेछ । सिनेमाको अहिले धमाधम प्रिपोडक्सनको काम भैरहेको निर्देशक श्रेष्ठले बताए ।