साउन १३ मा रिलिज हुने ‘पानिफोटो’ पोस्टर सार्वजनिक

साउन १३ मा रिलिज हुने ‘पानिफोटो’ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउन १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको एक पोस्टरमा अभिनेता अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान र मलिका महतलाई चरित्र लुक्समा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा दुई पात्रलाई बाटोमा हिड्दै गरेको देख्न सकिन्छ ।

अभिनेता खगेन्द्र लामिछानेले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका छन् । सिनेमाको लेखक पनि स्वयंम खगेन्द्र नै हुन् । खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’लाई सिनेमाको स्वरुपमा ढालेका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा-आमाको कथालाई प्रस्तुत गरिएको छ ।

सिनेमामा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ । टुकी आट्र्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको सिनेमालाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले मिलेर निर्माण गरेका हुन् ।

काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन भएको सिनेमालाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । सिनेमामा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ ।