विवाह बन्धनमा बाँधिइन् गायिका इन्दिरा जोशी

विवाह बन्धनमा बाँधिइन् गायिका इन्दिरा जोशी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् । मंगलबार प्रेमी शरद केडियासँग चितवनको मेघौलीमा रहेको बाराही जंगल लजमा इन्दिराले विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा परिवारका सीमित सदस्यको मात्र उपस्थिति रहेको थियो । विवाहअघि इन्दिरा शरदसँग तीन वर्षदेखि प्रेममा थिइन् । पेशाले शरद फेसन डिजाइनर हुन् ।

इन्दिरा जोशीले सामाजिक सञ्जालमा विवाहको तस्विर पोस्ट गर्दै लेखेकी छन्, ‘अब हामी आधिकारिक रुपमा श्रीमान्-श्रीमती भयौं ।’ आइतवार इन्दिराले शरदसँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । विवाहअघि उनीहरुको संगीत र मेहेन्दी समारोह आयोजना गरिएको थियो । यो जोडीले चाँडै काठमाडौं र विरगञ्जमा रिसेप्सन पार्टी दिने तयारी गरेको छ ।

गत वर्ष सगरमाथा आधार शिविरमा भएको माउन्ट एभरेस्ट फेसन रनवेमा सहभागी हुने क्रममा शरदले इन्दिरालाई विवाहको प्रस्ताव राखेका थिए । इन्दिराले पनि विवाह प्रस्ताव स्वीकार गरेकी थिइन् । सिनेमा ‘लुट’को ‘उध्रेको चोली छ है’ गीतबाट चर्चामा आएकी इन्दिराको ‘म त मर्छु कि क्या हो’, ‘मोटरसाइकलमा’, ‘रेलिमाई’, ‘चौबन्धी चोली अनि रातो घाँगर’ जस्ता गीत हिट छन् ।

द सिनेमा टाइम्स परिवारको तर्फबाट इन्दिरा र शरदलाई वैवाहिक जीवनको शुभकामना ।।।