‘चिसो मान्छे’को अग्रीम टिकट बुकिङ खुल्ला

‘चिसो मान्छे’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको दीपेन्द्र के खनाल निर्देशित सिनेमा चिसो मान्छेको अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टर, टिजर, ट्रेलर र गीतले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि राम्रो व्यापार गर्ने विश्वास निर्माण टिमलाई छ ।

सिनेमालाई अधिकांश हलले औषत शो दिएका छन् । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ११ पर्दामा २६ शो दिएको छ । यस्तै बिग मुभिजले ४ शो, एफक्युव सिनेमाजले ४ शो, बिएसआर मुभिजले ४ शो, आइनआइ सिनेमाजले ४ शो, सिने डि सेभले ४ शो दिएका छन् । अभिने बान सिनेमाज र रञ्जना सिनेप्लेक्स लगायतका हलले आजबाट अग्रमी टिकट बुकिङ खुल्ला गर्ने जानकारी दिएका छन् ।

वैदेशिक रोजगारीमा गएका श्रीमान गुमाएकी बिकट क्षेत्रकी महिलाले कसरी चाहना र सपनाको उडान भर्छिन भन्ने संघर्ष ट्रेलरले देखाएको छ । सिनेमाको ट्रेलर अभिनेत्री स्वस्तिमा खड्का, देशभक्त खनाल र अर्पण थापा वरिपरि घुम्छ । सुदुर पहाडी क्षेत्रकी युवतीको भूमिकामा स्वस्तिमाले आफुलाई डुबाएकी छन् ।

डिएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमाकी निर्माता शर्मिला पाण्डे हुन् । निर्देशक दीपेन्द्र के खनालले खिचेको सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयंमले लेखेका हुन् ।