चलचित्र पत्रकार संघ नेपालको बार्षिक उत्सव भव्य रुपमा सम्पन्न, पत्रकारलाई सम्मान तथा पुरस्ककार वितरण

चलचित्र पत्रकार संघ नेपालको बार्षिक उत्सव भव्य रुपमा सम्पन्न, पत्रकारलाई सम्मान तथा पुरस्ककार वितरण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । शनिवार नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले १६ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।

समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’बाट शान्तिप्रिय र राजन घिमिरे सम्मानित भए भने दिवाकर मैनाली र आर डि शृंखलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ प्रदान गरियो । त्यस्तै, सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सम्मान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी पुरस्कृत भए ।

२०७८ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ मनोज न्यौपाने र सोही वर्षको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ पोखराका रेम रसाइलीलाई प्रदान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी सम्मानित भए । २०७९ सालको ‘चलचित्र पत्रकारिता पुरस्कार’ भने नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई प्रदान गरियो ।

त्यस्तै, २०७९ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ फोटोग्राफर उद्दव रसाइली र सोही सालको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ हेटौंडाका श्रीराम अर्जुनलाई प्रदान गरिएको थियो । संघका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको सम्मान तथा पुरस्कार वितरण समारोहमा महानायक राजेश हमाललगायत सिनेमा क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संघको २३ औं बार्षिक उत्सव तथा सम्मान कार्यक्रममा अध्यक्ष दिनेश सिटौलाले स्थानिय तहको निवार्चनका कारण जेष्ठ ७ गते मनाउने गरिएको चलचित्र पत्रकारिता दिवस असार चारमा मनाउनु परेको बताए ।

कोरोना भाइरसको महामारीका कारण संघले निर्धारण गरेको लक्ष्य र कार्यक्रममा हामीले सोचे जस्तै कार्यसम्पादन गर्न नसकेता पनि संघले आफ्ना सदस्यहरुको हित र संस्थाको गतिविधिलाई बढवा दिन नियमित कार्यक्रम तथा अन्य कार्यक्रहरु संचालन गर्दै आइरहेको भन्दै संघले निर्दिष्ट गरेको पथलाई सदा अंगाल्दै उद्देश्य हासिलका लागि निरन्तर लागिरहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।