निर शाहको मुख्य भुमिकामा वेब सिरिज ‘सन्ध्या’ बन्ने

निर शाहको मुख्य भुमिकामा वेब सिरिज ‘सन्ध्या’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आइतबार भद्रकाली मन्दिरमा शुभमुहुर्त गर्दै वेव सिरिज ‘सन्ध्या’ निर्माण घोषणा गरिएको छ । यो सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायांकन थालिने छ । आइतबार गरिएको मुहुर्तमा निर्देशक शोभित बस्नेत कलाकार निर शाह, हिउँवाला गौतमको उपस्थिति रहेको थियो ।

रामजी राउतको निर्देशन रहने सिनेमामा निर, शोभित, हिउँवालाका अलवा दयाराम दाहाल, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्को अभिनय रहनेछ ।

वेब सिरिज सन्ध्यालाई सुदिप कँडेल र कृष्ण कार्कीले मिलेर निर्माण गर्दैछन् । जया ओझाको लेखन र राहुल राईले छायांकन गर्ने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापा प्रोडक्सन डिजाइनर, जयराम चलिसे मुख्य सहायक निर्देशक र नविन निरौलाको सम्पादन रहनेछ ।