जसवन्तको ‘सरस्वती पुजा’ले जित्यो एमी अवार्ड

जसवन्तको ‘सरस्वती पुजा’ले जित्यो एमी अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सरस्वती पूजामाथि जसवन्तदेव श्रेष्ठले निर्देशन गरेको सिनेमा ‘फेस्टिभल अफ सरस्वती पूजा’ले हलिउडमा टेलिभिजनतर्फको प्रतिष्ठित एमी अवार्ड जितेको छ । नेसनल एकेडेमी अफ टेलिभिजन आट्र्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा उनले अवार्ड उचाले ।

उनको सांस्कृतिक सिनेमाले ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट इन द रेलिजियन’ विधामा जित हासिल गरेको हो । क्यालिफोर्नियाको पाम स्प्रिङमा आयोजित एमी समारोहमा उनले ट्रफी उचाल्दै आफूलाई मतदान गर्ने एमीका सदस्यसहित नेपालीलाई धन्यवाद दिए । श्रेष्ठ निर्देशित सिनेमाले ज्ञान र कलाकी माता मानिने सरस्वती पूजाको महत्व र संस्कृतिका पाटोलाई चित्रण गर्छ ।

नेपाली संस्कृतिलाई जोगाउने अभियानको रुपमा आफू अझै अघि बढ्ने उनले बताए । जितपछि जारी प्रेस विज्ञप्तिमा उनले सिनेमामार्फत नेपाली संस्कृतिलाई संरक्षण र अघि बढाउन आफूलाई ऊर्जा मिलेको बताएका छन् । जसवन्तले राजवल्लभ कोइराला अभिनित र रिक म्याकफारल्यान्डले निर्देशन गरेको फिल्म ‘हाइवे टु धम्पुस’मा पनि काम गरिसकेका छन् ।