‘एसआई फिटनेस’को ब्राण्ड एम्बासडरमा पुष्प खड्का नियुक्त

‘एसआई फिटनेस’को ब्राण्ड एम्बासडरमा पुष्प खड्का नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का ‘एसआई फिटनेस’को ब्राण्ड एम्बासडर नियुक्त भएकका छन् । अभिनेता खड्का पछिल्लो समय फिटनेसमा निकै ध्यान दिन्छन् । सिनेमा ‘मारुनी’ छायांकनको समयदेखि आफुले फिटनेसमा बढी ध्यान दिन थालेको उनी बताउँछन् ।

बुधबार बौद्धमा आयोजित समारोहमा उनी एसआई फिटनेसको ब्राण्ड एम्बासडर नियुक्त भएका हुन् । त्यसक्रममा उनले भने, ‘हिजोआज जिम मेरा लागि छुटाउनै नहुने काम जस्तै भएको छ । सिनेमा ‘एक्स नाइन’को लागि मैले आठ केजी तौल बढाएको थिएँ । अहिले फेरि घटाउनु परेको छ ।’

पुष्पले नेपाली सिनेमा क्षेत्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र सुशील श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने बताए । उनले अगाडि भने, ‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाइलाई देख्छु ।’ पुष्पको क्रेज र जिमप्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको फिटनेस सञ्चालक कुमार स्याङ्बोले बताए ।

कुमारले देशभर नै एसआई फिटनेसको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाँडै नै महाराजगञ्जमा शाखा खोल्न लागेको समेत उल्लेख गरेका छन् ।