प्रिमियर शोमा ‘घनचक्कर’लाई मिश्रित प्रतिक्रिया

प्रिमियर शोमा ‘घनचक्कर’लाई मिश्रित प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहिबार राजधानीमा सौगातत मल्ल, सलोन बस्नेत र जेवी डिसी अभिनित सिनेमा ‘घनचक्कर’को प्रिमियर शोको आयोजना गरियो । सिनेमाको प्रिमियरमा उपस्थित सिनेमाकर्मी तथा सञ्चारकर्मीले घनचक्कर हेरेर हलबाट निस्किँदै गर्दा मिश्रित प्रतित्रिया दिए ।

औषत प्रचार-प्रसारका बीच प्रदर्शनमा आउन लागेको सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई छ । सिनेमाको प्रिमियरमा उपस्थित सिनेमाको कास्ट एण्ड क्रिउले पनि असार १० शुक्रबारबाट सिनेमा नै बोल्ने बताएका छन् । सिनेमा रिलिज अगाडी आफुहरुले बोल्ने र रिलिज पछि सिनेमा नै बोल्ने दाबी गरे ।

सिनेमाको प्रियिमरमा वरिष्ठ निर्देशक तुलसी घिमिरे, निर्देशक सुवर्ण थपा, लेखक प्रदीप भारद्धाज, गीतकार राजेन्द्र थापा, अभिनेतता नरेन खड्का लगायतका थुप्रै सिनेमाकर्मीको उपस्थिति रहेको थियो । पैसा कमाउने चक्करमा लागेका युवाको कथामा आधारित सिनेमामा हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ताको रुपमा रहेका छन् ।

कमेडी जनराको सिनेमामा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । सिनेमामा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

सुसन प्रजापति खिचेको सिनेमामा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।