अदिती र धिरज अभिनित ‘बाबरी’को हंगकंग राइट्स बिक्रि

अदिती र धिरज अभिनित ‘बाबरी’को हंगकंग राइट्स बिक्रि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अदिती बुढाथोकी र धिरज मगर अभिनित सिनेमा ‘बाबरी’को हंगकंग राइट्स विक्रि भएको छ । सिनेमाको हंगकंग प्रदर्शन अधिकार मनिष लिम्बुले किनेका हुन् । सिनेमाको सार्वजनिक गीत र टिजरले दर्शकमाझ राम्रो प्रभाव छोडेको र दर्शकको माग पनि उच्च भएकाले सिनेमाको हंगकंग प्रदर्शन अधिककार किनेको लिम्बुले बताए ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । सिनेमा आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमामा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुतीमा निर्माण भएको सिनेमाको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेखका हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।