दर्शकले रुचाउँदै ‘झिँगेदाउ’को गीत ‘आगो बिना बिँडी जल्दैन’

दर्शकले रुचाउँदै ‘झिँगेदाउ’को गीत ‘आगो बिना बिँडी जल्दैन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भदौ १७ गतेबाट प्रदर्शनकको तयारीमा रहेको सिनेमा ‘झिँगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन’ गीत केहीदिन अघि एक कार्यक्रमका बीच सार्वजनिकक गरिएको थियो । पछिल्लो समयकका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र मुक्त उदासको शब्द रचना रहेको गीतमा शान्तिश्री परियार र प्रविन बेडवालको स्वर छ ।

औषत भिडियो मेकिङ रहेको गीतको अडियो उत्कृष्ट बनेकाले जसको प्रत्यक्ष फाइदा सिनेमाको निर्माण टिमलाई भैरहेको छ । अहिले गीतलाई युट्युबमा दर्शकको विस्तारै साथ मिल्दै गइरहेको छ । तर टिकटकमा भने गीत भाइरल नै भएको निर्देशक ज्ञानेन्द्र देउजा, संगीतकार पोखरेल र कोरियोग्राफर रामजी लामिछाने बताउँछन् ।

गीतकको अडियो निकै उत्कृष्ट बनेकाले पनि टिकटकमा धेरै रुचाइएको निर्देशक देउजाको बुझाई छ । शनिबार साँझ संगीतकार पोखरेलले १२ घण्टामा सर्वाधिक ५० हजार टिकटक भिडियो बनेको भन्दै खुशी व्यक्त गरेका छन् । ‘यति धेरै माया दर्शाउनु भएकोमा दर्शकलाई धन्यवाद’ संगीतकार पोखरेलले लेखेका छन् । गीतले दर्शककको मन जित्दै गर्दा राम्रो सिनेमा निर्माण गरेको खण्डमा दर्शकको साथ पाइने अनुभव निर्देशक देउजाको छ ।

हालसम्म सिनेमा ‘झिँगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन’ गीतमा १ लाख ४७ हजार बढि टिकटक भिडियो बनेका छन् । यस्तै युट्युबमा अहिलेसम्म ७ लाख ४६ हजार भ्युज बटुलेको छ । गीत युट्युबमा विस्तारै पिकअप लिइरहेको निर्माण टिमको भनाई छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’कथामा आधारित सिनेमाको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायांकन रहेकको सिनेमाको सम्पादकको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् । आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने सिनेमामा केकी र आँचलले जेठानी-देवरानीको भूमिकामा अभिनय गरेका छन् ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाको सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । निर्देशक देउजाले सिनेमालाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए ।