सेन्सर पास भयो ‘पानीफोटो’

सेन्सर पास भयो ‘पानीफोटो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने डेव्यु निर्देशित सिनेमा ‘पानीफोटो’ सेन्सर पास भएको छ । सिनेमाले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । आगामी शुक्रबार अर्थात् साउन १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा अब सवै वर्गका दर्शकले सहज रुपमा नै सिनेमा हेर्न पाउने छन् ।

सशस्त्र द्वन्द्वकालमा अपहरणमा परेर बेपत्ता भएको छोराको खोजीमा रहेको एक दाम्पत्तिको कथा देखाइएको छ । पानीफोटोमा छोरा खोज्न अनुप र मेनुकाले खेपेको दुःख, पीडा र हैरानीले दर्शकलाई भावुक बनाउने विश्वास निर्माण टिमलाई छ । टुकी आट्र्स र मन्जुश्री फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् ।

सिनेमामा खगेन्द्र लामिछाने, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको पनि अभिनय छ ।

‘पानीफोटो’मा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । सिनेमाको कथा लेखन खगेन्द्र स्वयंको हो । डेढ दशक अगाडि गुरुकुलमा मञ्चन गरिएको नाटक ‘पानीफोटो’लाई खगेन्द्रले सिनेमाको रुपमा ढालेका हुन् ।