‘झिँगेदाउ’मा ‘कम्फर्ट जोन’बाट बाहिर निस्केर काम गरेकी छुँ – आँचल शर्मा

‘झिँगेदाउ’मा ‘कम्फर्ट जोन’बाट बाहिर निस्केर काम गरेकी छुँ – आँचल शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – तीन वर्षपछि अभिनेत्री आँचल शर्मा सिनेमा ‘झिँगेदाउ’ मार्फत दर्शक माँझ पुग्दैछिन् । विवाहपछि चुजी भएकी आँचलको लागि ‘झिँगेदाउ’ विशेष छ । यो सिनेमा भदौ १७ देखि अलनेपाल रिलिज हुँदैछ ।

यो सिनेमाको सफलताले आँचललाई पुन: लाइमलाइटमा ल्याउन मद्धत पुर्याउने छ । आँचल आफैपनि ‘झिँगेदाउ’बाट आशावादी छिन ।

‘हामीले पूर्ण मनोरन्जात्मक सिनेमा निर्माण गरेका छौँ । यो परिवारसहित हेर्ने सिनेमा हो । मेरो हकमा पनि यो निक्कै विशेष छ । किनकि पहिलो पटक मैले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्केर काम गरेकी छु ।’ यसमा मलाई विल्कुलै फरक पाउनु हुनेछ ।’ आँचलले भनिन् ।

‘झिँगेदाउ’को अफर आउँदा आफु अचम्मित भएको आँचल बताउछिन । ‘पाँच सिनेमामा अभिनय गर्दा मैले लभरगर्ल चरित्र निभाएको थिएँ । झिँगेदाउको अफर आउँदा म अचम्मित भएँ । कसरी मलाई विश्वास गर्नु भयो भन्ने मनमा कुरा खेलेको थियो । तर मलाई उक्त चरित्रले लोभ्याएको थियो । मैले गर्नु पर्छ भन्ने हुटहटी जाग्यो । यस्तै चरित्रले त् होनी काम मुल्यांकन हुने । त्यसपछि मैले सिनेमा साइन गरेँ ।’ आँचलले भनिन् ।

‘२०/२५ साल तिरको कथा भएका कारण यसमा परम्परागत पोशाक लगाउनु पर्ने थियो । परम्परागत पोशाकमा मैले अहिलेसम्म काम गरेकी थिएँन । सेटमा पुगेर गुन्युचोली लगाउँदा मलाई एकदमै सुहायो । अनि यो चरित्र मेरै लागि लेखेको रहेछ भन्ने लाग्यो । छायांकन गर्दै जाँदा म गाउँलेहरुसंग भिजिसकेकी थिएँ । कति जनाले त चिन्नु पनि हुन्थेन ।’ आँचलले आफ्नो हुलियाबारे बताइन ।

ट्रेलर रिलिजपछि दर्शकले दिएको प्रतिक्रियाले आफु उत्साहित भएको आँचल बताउछिन । सिनेमामा उनले देउरानीको भूमिका निर्वाह गरेकी छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित सिनेमाले दुई दाजुभाई र देउरानी-जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । यो सिनेमा भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित छ ।

कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित सिनेमामा आँचलसंगै केकी अधिकारी, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको अभिनय छ । कुशलको यो डेब्यु सिनेमा हो ।

प्रदीप भारद्वाजको पटकथा रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।