‘ब्रह्मास्त्र’को आक्रमक व्यापार, वीकेन्डमा विश्वभरबाट २२५ करोड कलेक्सन

‘ब्रह्मास्त्र’को आक्रमक व्यापार, वीकेन्डमा विश्वभरबाट २२५ करोड कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको बलिउड सिनेमा ‘ब्रह्मास्त्र’ले वीकेन्डमा बम्पर ओपनिङ गरेको छ । सिनेमाले रिलिजको तीन दिनमा विश्वभरबाट २ सय २५ करोड भारु ग्रस कमाई गरेको छ ।

भारतमा पहिलो दिन ३७ करोड व्यापार गरेको सिनेमाले दोस्रो दिन ४२ करोड र तेस्रो दिन ४६ करोड व्यापार गर्दै रेकर्ड राखेको छ । ‘ब्रह्मास्त्र’ रणवीरको लागि निकै ठूलो ओपनिङ हो । यस सिनेमाको व्यापारले उनकै ‘सञ्जु’को व्यापारलाई समेत पछि पारेको छ । यो हिन्दी सिनेमाको लागि अहिलेसम्मकै चौथो वीकेन्ड रेकर्ड भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको सिनेमाको व्यापार बलिउड उद्योगका सुखद खबर हो । तीन वर्ष अगाडी रिलिज भएको ‘वार’पछि ‘ब्रह्मास्त्र’ले बलिउडलाई सबै भन्दा ठुलो ओपनिङ दिएको हो । कोरोनापछि सुस्ताएको बलिउड बक्सअफिसलाई ‘ब्रह्मास्त्र’ले पुनः ब्युत्याइदिएको छ । यसले ओरालो लागेको बक्सअफिसमा प्राण भरेको छ ।

समिक्षकबाट मिस्रित प्रतिक्रिया पाएको सिनेमाले नेपालमा पनि बम्पर ओपनिङ गरेको छ । तर बक्सअफिस अंक सार्वजनिक भएको छैन । आयन मुखर्जी निर्देशित सिनेमामा नागर्जुन अक्किनेनी, डिम्पल कबाडिया, सौरभ गुल्जारलगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमामा अभिनेता शाहरुख खानले विशेष केमियो भूमिका निर्वाह गरेका छन् ।