चैत २ देखि ६ गतेसम्म चल्ने निफको निर्णायक समितिले पायो पूर्णता

चैत २ देखि ६ गतेसम्म चल्ने निफको निर्णायक समितिले पायो पूर्णता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ (निफ)को छौंटो संस्करणको निर्णायक समितिले पूर्णता पाएको छ । आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा फिचर सिनेमातर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता पाएको हो ।

अभिनेता, लेखक र निर्माताको रूपमा सक्रिय रहेका मोनाहान यसअघि उक्त विधाको प्रमुखमा भारतीय समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री प्रियङ्का कार्की मनोनीत भएका थिए । यस्तै, छोटो तथा वृत्तचित्रतर्फको निर्णायकमा प्रा. डा. इतामी बोर्जन मनोनित भएका छन् । सिनेमा विशेषज्ञसँगै शिक्षाविद् रहेकी बोर्जनले क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा एथनोग्राफिक, वृत्तचित्र, विश्व सिनेमाको इतिहास र सिद्धान्त पढाउँछिन् ।

उनी यसअघि उक्त विधातर्फ प्रमुखमा ‘बेइजिङ सिनेमा एकेडेमी’की डिन प्रालि रान र सदस्यमा माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित भएका थिए । “विश्व सिनेमासँगसमेत जोडिनुभएका व्यक्तिलाई निर्णायकमा राख्न पाउँदा उत्साहित छौँ । यसले नेपालमा रहेका निर्माता तथा निर्देशकलाई पनि साक्षात्कार गर्ने र विश्वमा बनिरहेका सिनेमासँगै वृत्तचित्र बुझ्ने अवसर मिल्नेमा विश्वस्त छु”, निफका अध्यक्ष केपी पाठकले बताए ।

यस वर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा तथा एनिमेटेड सिनेमा प्रदर्शन गरिनेछन् । सात विधामा १४ पुरस्कार वितरण गरिने उक्त महोत्सवमा रचनात्मक कार्यक्रम ९गोष्ठी, अन्तक्र्रिया०समेत आयोजना गरिने अध्यक्ष पाठकले जानकारी दिए ।