बैशाख १ गते रिलिज हुने ‘बिहे पास’को पोस्टर सार्वजनिक

बैशाख १ गते रिलिज हुने ‘बिहे पास’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार महाशिवरात्रीको अवसर पारेर दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘बिहे पास’को अफिसिएल पोस्टर सार्वजनिक गरिएको छ । वैशाख १ गते प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक पोस्टरमा दयाहाङ र प्रकृतिका अलवा बुद्धि तामाङ, शिशिर वाङ्देल, रवीन्द्र झा र रुषा न्यौपाने फिचर्ड छन् ।

निर्माण टिमले प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’भन्ने नारा दिएको छ । प्रवेश पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको सिनेमाको सम्पुर्ण छायांकन पूर्वी नेपालमा गरिएको हो ।

आरआर फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमाको वितरण पनि आरआर फिल्मस्ले गर्दैछ । शिव ढकालले खिचेको सिनेमामा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेल लगायतका कलाकारको समेत अभिनय छ ।

डिपी खनालको शब्द रहेको सिनेमाको गीतमा प्रबेश मल्लिकको संगीत, रामजी लामीछानेको कोरियोग्राफी, शैलेन्द्र प्रधानको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन छ । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको सिनेमाको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् । सिनेमाको टिजर बुधबार अर्थात् १० फागुनमा रिलिज गर्ने तयारी निर्माण टिमको छ ।