‘प्रकाश’बाट प्रदीपले अवार्ड पाउँदा…

‘प्रकाश’बाट प्रदीपले अवार्ड पाउँदा…

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स,काठमाडौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को समापन समारोह सोमबार साँझ सिभिल महल सुन्धारामाचलिरहेको थियो सीमित दर्शक सिनेमाकर्मीमाझ अवार्डको अनाउन्स भइरहेको थियो त्यही क्रममा यस वर्षको उत्कृष्ट अभिनेताकोअवार्ड प्रदीप खड्काले पाएको घोषणा भयो प्रदीपका लागि यो पहिलो अवार्ड थियो, जसबाट उनी वर्षकै सर्वोत्कृष्ट अभिनेता घोषणा भएका थिए करिब एक दर्जन सिनेमामा काम गर्दा उनले पाएको यो पहिलो अवार्ड थियो जसमा उनले प्रतिस्पर्धी सबैलाई पछि पार्दैअवार्ड आफ्नो पोल्टामा पारेका थिए

प्रदीपलाई सधैँ एउटै कुराको ट्याग लागिरह्यो चाहेर होस् वा नचाहेरै उनले त्यसलाई स्वीकार्नै परिरहेको थियो चकलेटी नायक प्रदीप खड्का हेर्दा राम्रो फ्यान फलोइङ पनि राम्रो तर, उनलाई अभियन गर्नै आउँदैन

प्रदीपलाई मनको अन्तरकुन्तर कतै बारम्बार लाग्दै आएको यो आरोपलाई चिर्नु पर्छ भन्ने लागिरहेको थियो त्यसैले उनी केही नयाँ गर्नचाहन्थे आरोपको खण्डन गर्न चाहन्थे जुन बोली होइन कामले गरोस् तर, अवसर मिलिरहेको थिएन

संयोग लकडाउनमा दिनेश राउतसँग उनको कुरा मिल्यो सिनेमाप्रकाशमा काम गर्ने भए गाउँले सोझो केटाको रोल गर्नु पर्ने थियो सुकिलोमुकिलो सहरिया भेषमा लभर ब्वाइको भूमिका गर्दै आएका उनलाई चरित्र अभिनेताका रूपमा काम गर्नु थियो अर्थात् चुनौती थियो दिनेश राउतले सिनेमा निर्देशन गर्दै थिए उनैले अनुप बरालसँग अभिनय सिक्ने व्यवस्था मिलाइदिए कहिले पोखरा कहिले काठमाडौं प्रदीपले अभिनय सिक्न थाले वास्तवमा प्रदीपले अभिनयको औपचारिक शिक्षा लिएको त्यो पहिलो पटक थियो

महेन्द्र अधिकारी निर्माता रहेको सिनेमाको छायांकन सुरु भयो उनले यसअघि गरेका क्यारेक्टर यसमा विलकुल फरक थियो त्यसैले होला उनलाई त्यहीबेला लागेको थियो – यसरी कडा मेहनत गरेर काम गरिरहेको छु, दर्शकबाट अप्रिसिएसन पाउँछु होला यसले पनि अभिनय गर्न सक्दो रहेछ भन्ने प्रमाणित हुन्छ होला

सोमबार साँझ जुम्लाका चिसा पठारमा कठोर मेहनत गरेको प्रदीपले सम्झिए – यसरी अवार्ड नै पाउँछु भन्ने सोचेको पनि थिइनँ अपेक्षा पनि गरेको थिइनँ तर, दर्शकबाट अप्रिसिएसन चाहीँ पाउँछु होला भन्ने काम गरिरहँदा लागेको थियो

प्रदीपले सोचेजस्तै उनको कामको चौतर्फी तारिफ भयो सिनेमाले राम्रै समीक्षा पनि पायो राजनीतिज्ञदेखि समाजसेवीले सिनेमा हेरे एकातिर पहिलोपटक कर्णाली पुगेर खिचिएको सिनेमा, अर्कोतर्फ त्यहीँको विषय पनि अनि त्यहीँको लवज त्यो भन्दा पनि महत्वपूर्ण चकलेटी हिरोले गरेको आँट पाएको तारिफले पनि सिनेमाको हाइपको पारोले धरहराको टुप्पो नाघेको थियो त्यसैको मूल्यांकन हो निफमा उनले समकालीन अभिनेताहरूलाई पछि पारे वर्ष नायकको अवार्ड हात पारे

त्यसो सिनेमा प्रकाशबाट अवार्ड पाउने उनी एक्लो पात्र भने होइनन् उनीसँगै यही सिनेमाबाट नायिकाको अवार्ड दीया मास्केले हातपारिन् उनी वर्षकै उत्कृष्ट नायिका घोषित भइन् दीया प्रकाशमाप्रकाशअर्थात सिनेमाको मुख्य पात्र प्रदीप खड्काको आमाकोभूमिका (सीता)मा थिइन् यही  सिनेमाबाट छायांकार राजेश श्रेष्ठले उत्कृष्ट छायांकारको अवार्ड हात पारे

दिनेश राउतले निर्देशन गरेको सिनेमालाई विकाश सुवेदीले लेखेका थिए सिनेमाको पोस्टरदेखि टिजर ट्रेलर सबैले तारिफ बटुलेको थियो प्रदीपले अफ बिटको सिनेमामा पनि काम गरेको त्यो पनि सबैको तारिफ पाउने गरी भन्दै चौतर्फी प्रशंसा पाउँदा निफको अवार्डले यसको निर्माण पक्षलाई थप हौसला प्रदान गरेको

ग्रामीण परिवेशका कथा स्थानीय लवजलाई पस्किँदा त्यसको मूल्यांकन कतै कतैबाट हुन्छ भन्ने यसले अवार्ड पाउँदा सन्देश पनि सँग-सँगै गएको