चलचित्र विकास बोर्ड सदस्यमा केएल पीडित र रवि अधिकारी नियुक्त

चलचित्र विकास बोर्ड सदस्यमा केएल पीडित र रवि अधिकारी नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक केएल पीडित र सञ्चारकर्मी तथा निर्माता रवि अधिकारी चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । दुवैले सूचना मन्त्रालयबाट नियुक्तिको पत्र बुझिसकेका छन् । पीडित दाङ र अधिकारी चितवनका हुन् ।

थारु भाषाको सिनेमा ‘भुइँयार’ र ‘लावाजुनी’को निर्देशन गरेका पीडित नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष समेत हुन् । उनलाई २०७७ सालमा विकास बोर्डले लुम्बिनी प्रदेशमा सिनेमा छायांकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समितिको सदस्यमा नियुक्त गरेको थियो । गीतकार समेत रहेका पीडितले ‘आह्वान’ नामक एल्बम निकालेका छन् ।

त्यस्तै, सञ्चारकर्मी अधिकारी विगत डेढ दशकदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय छन् । उनी चलचित्र पत्रकार संघ चितवान शाखाको निर्वतमान अध्यक्ष समेत हुन् । ओस्कारका लागि नेपालबाट सिफारिस भएको सिनेमा ‘पञ्चायत’को निर्माता समेत रहेका अधिकारी सिनेमा ‘बाबु कान्छा’ र बद्रीबहादुरका कार्यकारी निर्माता हुन् । चलचित्र विकास बोर्डमा अझै एक सदस्य नियुक्त हुन बाँकी नै छन् ।