‘प्रसाद २’ का निर्माताको आग्रह – ‘पैसा तिर्न सिनेमा रिलिजको वातावरण बनाइदिनुस्’

‘प्रसाद २’ का निर्माताको आग्रह – ‘पैसा तिर्न सिनेमा रिलिजको वातावरण बनाइदिनुस्’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रसाद २’ आगामी चैत २४ गते अर्थात् शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । सिनेमाका निर्माता सुभाष थापाविरुद्ध  सिनेमा जाँच समितिमा सेन्सर रोक्न निवेदन दिएपछि निर्माता थापाले आज समाजिकसंजालमा आफ्नो भनाई राखेका छन ।

प्रदर्शनका लागि अब तीन दिन मात्र बाँकी रहँदा सिनेमाको प्रचारको काम समेत हुन सकेको छैन । निर्माता सुभाष थापाले सिनेमा प्रदर्शन भएपछि तिर्नुपर्नेलाई पैसा तिर्ने वाचा गरेका छन् । सोमबार थापाले फेसबुकमा लेखेका छन्, ‘मैले माघमै रिलिज गर्ने तयारीको कारण तिर्नुपर्ने रकम माघपछिको भाखामा तिर्ने वचनबद्धता प्रकट गरेँ । तर, समयमा रिलिज हुन नसक्दा वचनबद्धतामा म चुकेँ । तथापि, अब रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा सबैले सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।’

आफ्नो नियत खराब नभएको बताउँदै उनले नियतिको कारण वचन पूरा गर्न नसकेको बताएका छन् । ‘सिनेमा रिलिज भएपछि सबै रकम पहिला तिर्नुपर्नेलाई तिरेर मात्र म आफ्नो भागको रकम लिनेछु । हलबाट आउने रकम सिनेमासँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीँबाट तिर्नुपर्नेलाई दिएर बाँकी रहेको रकम मलाई बुझाउने गरी गरेमा मेरो मन्जुरी छ,’ सुभाष लेख्छन् ।

सिनेमामा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । सिनेमालाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । सिनेमाको कथा सुशिल पौडेलले लेखेका हुन् । राजेश श्रेष्ठको छायांकन रहेको ‘प्रसाद २’मा विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको शब्द रचना तथा संगीत छ ।