काठमाडौं । पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथाको कथा नै सिनेमा ‘जारी’को मुख्य कथानक हो । लिम्बू समूदायमा पालम गाएर विवाह गर्ने प्रचलन छ । सोही विषयलाई केन्द्रमा राखेर बनाइएको सिनेमा हो, ‘जारी’ ।
सन्तान जन्माउन नसकेको भन्दै श्रीमान्÷श्रीमती (क्रमशः नाम्साङ र हाङमा)ले एक अर्कालाई आरोप लगाउने क्रममा भएको झगडाउत्कर्षमा पुग्छ । सोही क्रममा हाङमा घर छोडेर माइत जान्छे । नाम्साङ अर्को बिहे गरेर सन्तान जन्माउने धम्की दिन्छ । हाङमा सन्तान जन्माएर देखाउन चुनौति दिँदै अब आफू घर नफिर्किने बताउँछे । त्यसपछि कसरी कथा अगाडि बढ्छ ? यसमै दुई घण्टा एक मिनेट लामोसिनेमाको कथा घुम्छ ।
उपेन्द्र सुब्बाले निर्देशन गरेको सिनेमाले लिम्बू समुदायमा रहेको विवाहको संस्कृति भन्ने प्रयास गरेका छन् । उनको यो डेब्यु निर्देशन हो ।पहिलो निर्देशकीय प्रयासमै उनी सफल भएका छन् । प्रेम सम्बन्धको कडीमा लिम्बू समुदायमा रहेको जारी प्रथा र त्यसभित्र पनि शासकर शोसित अर्थात धनी र गरिबबीचको अन्तरको कथा उपेन्द्रले भनेका छन् ।
नेपाल सिनेमाको कथाका हिसावले भर्जिन ल्याण्ड हो । यहाँ सिनेमाका लागि अथाह कथा छन् । यसलाई उपेन्द्रले प्रष्ट्याइदिएका छन् ।त्यो पनि इमान्दार भएर । कुनै पनि जातिको कथा सिनेमामार्फत भन्दा निर्देशक इमान्दार भएन भने त्यो सम्बन्धित जाति विशेषको मुद्दा बन्छ तर, यो आरोप खेप्नबाट उपेन्द्र जोगिएका छन!
जारीमा सुन्दर कथा छ । त्यसलाई थप सुन्दर तरिकाले उपेन्द्रले भनेका छन् । कतै हसाउँछन् । कतै भावुक बनाउँछन् । अनि सिनेमा भर गाउँमैपु¥याउँछन् । घरी भाषाका माध्यमबाट त घरी स्थानी पालम र मेलामार्फत । घरखेतको काम र बस्तुभाउ र संवादमार्फत ।
त्यतिबेला मात्रै एउटा सिनेमा पूर्ण हुन्छ, जतिबेला सिनेमा सुन्दर, सम्बन्ध र संघर्ष थाहै नपाई निर्देशकले समावेश गर्छन् । यसमा पनिनिर्देशकले अक्कल पु¥याएका छन् । पालम भनेर विवाहको निर्धारण हुने आफैंमा राम्रो कथा हो । त्यसमा पनि आफैंले छोडेको घरमाकाम गर्न बस्नु पर्ने चलन । संस्कृतिले बाँधीरहने सम्बन्ध छ । विवाहको सम्बन्ध भत्काउन र जोड्नका लागि सिनेमाका मुख्य पात्र रसहायक पात्रहरू बीचको पहिलो सिनदेखि सुरु हुने संघर्ष सिनेमाको अन्तिमसम्म छ । यसले सिनेमालाई खुकुलो हुन दिएको छैन ।
सिनेमा एउटा भूगोलको भाषा र लवज अर्कै भूगोलको भयो भन्ने सिनेमाको प्राण भरिँदैन । सिनेमाले त्राण पाउँदैन । यसबाट पनिहोसियार देखिएका छन् निर्देशक । काठमाडौंमै जन्मिए हुर्किएका लिम्बू समूदायलाई नै भाषा अलि असज लाग्न सक्छ । तर, सुदूरपूर्वीपहाड र र त्यहाँबाट बसाई सरेर तराई झरेका लिम्बू समूदायले नलजाई हाकाहाकी बोल्ने भाषा र शब्द सिनेमाको संवादमा छ । यसले सिनेमालाई थप सजिव बनाएको छ । हलमा सिनेमा हेर्ने दर्शकलाई ‘जारी’ले दुई घण्टा नै सही पूर्वी पहाड घुमाउँछ । आफ्नो बाल्यकाल सम्झाउँछ । पूराना साथीभाइ, छरछिमेक र आफन्त सम्झाउँछ । बिर्सिन लागेको संस्कृति र संस्कार सम्झाउँछ । बुहुविवाह अहिलेको कानुनले बर्जित गरेको छ । तर, संस्कृति थाहा पाउनु गलत हो र, होइन । राम्रा कुरा अंगाल्दै अगाडि बढ्ने हो । नराम्रा कुरालाई परिमार्जनगर्दै अगाडि बढ्ने हो । सिनेमाले पनि भन्न खोजेको यही हो ।
महिला पात्र जहाँ केन्द्रिय चरित्र हुन्छ । त्यो सिनेमा केही हदसम्म आफैंमा सशक्त हुन्छ । ‘जारी’ महिला चरित्र सशक्त रहेको सिनेमा हो।
दयाहाङ राई, मिरुना मगरको जोडीलाई सिनेमाले स्थापित गरिदिएको छ । उनीहरुको जोडी यसरी जमेको छ । अबको लामो समय योजोडी नेपाली चलचित्रमा संगै देखिन निश्चित छ! दुबैले मज्जाले तारिफ बटुलेका छन । विजय बरालले आफूलाई राम्रो कलाकारमा प्रमाणित गरिसकेका छन् । रोय हुन् वा प्रेम सुब्बा अथवा अनिल सुब्बा अभिनयमा जमेका छन्
धेरैजसो नेपाली सिनेमाको व्याकग्राउण्ड स्कोर उस्तैउस्तै हुन्छ । चाहे पूर्वी पहाडको कथा भनेका सिनेमा हुन् वा पश्चिम पहाड वा तराईका कथा उठाउने सिनेमा, धेरैका व्याकग्राउण्ड स्कोर मिल्दोजुल्दो हुन्छ । तर, कथा भूगोलसँग मिल्दैन । यसबाट आफूलाई ‘जारी’लेजोगाएको छ । भूगोललाई व्याकग्राउण्ड स्कोरले प्रतिनिधित्व गर्छ । त्यसैले त कथा भन्न सहज भएको छ ।
‘जारी’मा शैलेन्द्र डी कार्कीको सिनेमेटोग्राफी अब्बल छ । समय, कथा, सन्दर्भ र भावअनुसार सिनेमा खिचिएको छ । प्राकृतिक छटालाई कैद गरेर सन्दर्भपर्दा स्वाट्ट घुसाउँदा उपेन्द्रको कथा सिनेमेटोग्राफीले पनि भनेको छ ।
बिम्बका रूपमा प्रयोग हुने भैंसी, राँगो, गाईबाच्छो, बोकोले कथा भन्न सहयोग त गरेको छ नै शब्द जोगाउने काम पनि गरेको छ । सायदउपेन्द्र आफैं पनि साहित्यकार भएकाले हुनसक्छ । उनले केही त्यस्ता शब्द प्रयोग गरेका छन्, सिनेमामा ती शब्दले द्वन्द्व सिर्जना गरे पनिसमग्रमा नेपाली समाजले बिर्सिंदै गएका शब्द हुन्, ‘बैली’, ‘थारो’ आदि ।
हाटबजार र मेला आजकाल लाग्न छोडिसके । यसलाई महोत्सवले थिचिसक्यो । तर, सिनेमा देखाइने मेलाले गाउँको झल्को दिन्छ ।६० को दशक सुरु हुनुभन्दा अगाडिको कालखण्डको कुरा गर्छ । यो नेपाली संस्कृति हो । नेपाली परम्परा हो । बचे राम्रो । बचाउन नसके सम्झनामा त होस् । यसैगरी बच्ने हो इतिहास र परम्परा । सिनेमा÷साहित्यले बचाउने हो विगत । त्यसलाई पुनः प्राप्ती र प्रयोगका लागि झक्झक्याइरहने हो ।
त्यसो त सन्तान प्राप्तीका कुरा छ । यसैले सिर्जना भएको द्वन्द्व कसरी सहजै सम्भव भयो यो प्रश्न उठ्न सक्छ। तर, सिनेमा हो । र, सिनेमा साहित्य हो । साहित्यमा परिकल्पनाको मात्रा प्रचुर हुन्छ । त्यसैले लेखकले यति छुट खोजे भनेर मान्नसकिन्छ । तर, पनि संस्कृतिमा आधारित सिनेमामा कल्पनाभन्दा घटनाक्रमले स्थापित गरेको सिनेमा बलियो र विस्वस्नीय हुन्छ ।
नेपालमा पृथक प्रेम कथामा कमै सिनेमा बनेका छन्, जो सम्झनलायक होस् । तर, यो सन्दर्भमा ‘जारी’ निकै भिन्न प्रेम कथा हो । आफ्नै श्रीमती र श्रीमानबीचको प्रेम कथा हो । आफ्नै श्रीमती पाउन रोइकराई र ससुरालीको गाली बेइजती सहनु पर्ने प्रेमकथा हो । त्यसैले प्रेमकथा त हो जारी । तर, बिल्कुल फरक । त्यसैले भीडमा फरक र अलग प्रेम कथा भन्ने सिनेमा हो ‘जारी’ ।
सिनेमा:-जारी
निर्देशक : उपेन्द्र सुब्बा
कलाकारहरु : दयाहाङ राई, मिरुना मगर ,विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ
निर्माता : रामबाबु गुरुङ
समय : २ घण्टा २० मिनेट
बाँसुरी फिल्मस्
~~<~दिनेस सिटौला ~>~~
प्रतिक्रिया