गौरव र विमला अभिनित ‘दुई कदम’को छायांकन अन्तिम चरणमा

गौरव र विमला अभिनित ‘दुई कदम’को छायांकन अन्तिम चरणमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता गौरव पहारीको अभिनित सिनेमा ‘दुई कदम’को यतिबेला पूर्वी नेपालका रमणीय स्थानमा छायंकन भैरहेको छ । सिनेमामा गौरवको जोडी अभिनेत्री विमला लिम्बुसँग बाँधिएको छ । सुटिङ सेटबाट सिनेमाको टिमले उपलब्ध गराएको तस्बिरहरुमा गौरव र विमला रोमान्टिक भावमा देखिएका छन् ।

उदय सुब्बाको निर्देशन रहेको सिनेमाको अब २० प्रतिशत छायांकन हुन बाँकी छ । मुस्ताङमा एक गीतको छायांकनपछि यतिबेला पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा छायांकन भैरहेका छ । सिनेमामा दयाराम घिमिरेको कथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफी छ ।

अजम्बरी फिल्म्सको ब्यानरमा तारादेवी लिम्बुको निर्माण रहेको सिनेमामा सुनिल थापा, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आले मगर, चन्दा दाहाल, जीवन लिम्बुलगायतको अभिनय छ ।

सिनेमालाई आगामी भदौमा प्रदर्शनको तयारी गरिएको छ । गौरवले धेरै समयपछि फरक प्रेमकथामा काम गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले केही समयअघि मात्रै नम्बरी सुन नामक सिनेमाको छायांकन सकेका थिए ।