बुटवलमा ‘रोशनी’को च्यारिटी शो तथा गीत रिलिज

बुटवलमा ‘रोशनी’को च्यारिटी शो तथा गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘रोशनी’को गीत ‘जुनी जुनी’ शुक्रबार बुटवलबाट सार्वजनिक गरिएको छ । सिनेमाको मुख्य अंशका रुपमा रहेको गीतमा गायक अनिल पहाडी र गायीका अन्जु पन्तले स्वर दिएका छन् ।

डाक्टर कृष्णहरी बरालको शब्द रहेको गीतमा सिनेमाका कलाकारहरु रमेश अब्जु, कशिसा दाहाल, नितल पल, सुरज राना तथा मेनका गिरीलाई फिचर्ड गरिएको छ । सिनेमा ‘रोशनी’को शनिबार बुटवलमा च्यारिटी शो समेत गरिएको छ । बुटवलको मिलन हलमा च्यारिटी शोको आयोजना गरिएको निर्माता रमेश आब्जुले जानकारी दिए ।

चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको पत्रकार सम्मेलनमा सिनेमा बुटवलसहित नेपालका विभिन्न शहरहरुमा छायाँकन गरिएको निर्माण टिमले जानकारी दिएको हो । ५० लाख बढी लगानी गरिएको सिनेमाले दर्शकलाई पूर्णरुपमा इन्गेज गाराउन सक्ने क्षमता रहेको दाबी निर्माण टिमको छ ।

सिनेमा निर्माता मलिन भारी, अभिनेता नितन पल लगायतले कार्यक्रममा बोल्दै संघीय राजधानी काठामाण्डौं बाहिरका विभिन्न शहरहरुको जनजिविकालाई टिपेर बनाइएको सिनेमा भएका कारण मोफसलबाटै सबैभन्दा बढी दर्शक पाउने विश्वास व्यक्त गरे ।

चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार मनिष पन्त, संगीतकार सुरेश सेन्चुरी, गायक सौगात सायर, लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष दिपु मगर, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली लगायतले सिनेमा तथा जुनी जुनी बोलको गीतलाई सफलताको शुभकामना दिए ।