नेफ्टाको आयोजकबाट आर्यन फिल्मस् प्रोडक्सनले नाम फिर्ता लियो

नेफ्टाको आयोजकबाट आर्यन फिल्मस् प्रोडक्सनले नाम फिर्ता लियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेफ्टा अवार्डको ११ औं संस्करणबाट आयोजक संस्थामध्येको एक आर्यन फिल्मस् प्रोडक्सन बाहिरिएको छ । आगामी साउन ६ गते अमेरिकामा हुने भनिएको अवार्डमा अनाधिकृत व्यक्तिलाई अमेरिका ल्याउन खोजिएको भन्दै आयोजकबाट आर्यन फिल्मस् प्रोडक्सनले नाम फिर्ता लिएको हो ।

अमेरिकाको स्थानीय आयोजकमध्येको एक आर्यन फिल्मस् प्रोडक्सनले विज्ञप्ति निकाल्दै आफूले कार्यक्रमबाट हात झिकेको जानकारी दिदैं अवार्डका दौरान भएको खर्चसमेत फिर्ता मागेको छ । संस्थाका महाप्रबन्धक गोपाल कटुवालले जारी गरेको विज्ञप्तीमा भिषा प्रक्रियाका लागि निवेदन दिएका ४१ जनामा केही अनाधिकृत मान्छेहरुको निवेदन पनि परेकोले आफूहरु अवार्ड आयोजकबाट पछि हटेको उल्लेख छ ।

सिनेमा निर्माता तथा निर्देशक रमेश एमके पौडेलको कम्पनी हो आर्यन फिल्मस् प्रोडक्सन । जारी विज्ञप्तीमा आफूहरुले नेफ्टालाई अमेरिका–नेपालको राउण्ड ट्रिप, सोल्टी होटलमा कार्यक्रम र अन्य मसलन्दका लागि १५ हजार अमेरिकी डलर दिइएको उल्लेख छ ।

आर्यन फिल्मस्ले १५ हजार डलर पूर्ण रुपमा फिर्ता गर्न माग गर्दै आयोजक नै रहेका विमल पंक्षी वा यूएसखबरलाई विस्तृत जानकारीका लागि सम्पर्कमा आउन आग्रह गरिएको छ । यस बारेमा नेफ्टाले कुनै प्रतिक्रिया जनाएको छैन।