गायक जेम्स प्रधान निर्देशित ‘सर्ट टर्म मेमोरी लस’ प्रिमियर

गायक जेम्स प्रधान निर्देशित ‘सर्ट टर्म मेमोरी लस’ प्रिमियर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक, संगीतकार तथा एरेञ्जर जेम्स प्रधान निर्देशक बनेका छन् । उनको निर्देशनमा निर्माण भएको छोटो सिनेमा ‘सर्ट टर्म मेमोरी लस’को काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रिमियर गरियो । एउटै कथालाई गीत र छोटो सिनेमामा प्रस्तुत गरेका गायक प्रधानले आफू निकट भविष्यमा फिचर सिनेमाको निर्देशक बन्न सक्ने बताए ।

इन्टरनेटको माध्यमले आफूले सिकेको शिपलाई प्रयोग गरेर निर्देशक बनेको जेम्सले खुलाए । ‘मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ । त्यहि क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ’, जेम्सले भने । उनको यो दोस्रो छोटो सिनेमा हो ।

गायिका आनी छोइङ डोल्माले सिनेमा निर्देशन सम्बन्धी दिएको प्रतिक्रियाले गायक जेम्सलाई निर्देशक बन्न प्रेरित गरेको सुनाए । ‘म सिनेमा निर्देशन गर्छु, तर कहिले अहिले भन्ने अवस्था छैन । यसलाई त्यसकै सुरुआतको रुपमा समेत बुझ्न सकिन्छ’, जेम्सले भने ।

छोटो सिनेमामा समिसन जिसी र बेदना राईको अभिनय रहेको छ । यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितीलाई चित्रण गरिएको छोटो सिनेमा १९ मिनेट लामो छ । सिनेमामा श्याम तामाङको छायांकन, कपिल पराजुलीको रंग संयोजन, जेसिका प्रधानको सम्पादन छ ।

सञ्चारकर्मी नरेश भट्टराईद्वारा संचालित कार्यक्रममा उपस्थित निर्देशक राजेन्द्र सलभ, अभिनेता प्रशान्त ताम्राकार, गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भिम तुलाधर, संगीतकार न्हू बज्राचार्य, निर्देशक सुव्रतराज आचार्य लगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रसंसा गरेका थिए ।