‘बगान’चौथो हप्तामा प्रदर्शनरत : दर्शक पारिवारिक कथा हेर्न चाहन्छन् ?

‘बगान’चौथो हप्तामा प्रदर्शनरत : दर्शक पारिवारिक कथा हेर्न चाहन्छन् ?

यो कथा आजको समाजको होइन र ? हो । उमेर ढल्किसकेपछि स्वंय करिष्मा स्कुल गएकी हैनन् र ? हो । सायद यही यथार्थ दर्शकले रुचाए ।

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सरोज खनाल निर्देशित सिनेमाबगानयतिबेला चौथो हप्तामा प्रदर्शनरत काठमाडौं भित्र बाहिर गरेर डेढ करोडको हाराहारीमा यसले ग्रस कलेक्सन गरिसकेको जारीपछि सबैभन्दा धेरै कलेक्सन गर्ने सिनेमा नैबगानहो

भेट्रान अभिनेता खनालको डेब्यू निर्देशन रहेको सिनेमा फेमेली ड्रामा हो उनी आफैँले धेरै ठाउँमा भनेका थिए सानो बजेटमा बनेको सिनेमा हो सर्ट फिल्म भनेर सुरु गरेको सिनेमालाई फिचर फिल्मको लेन्थ दिएको हुँ

सिनेमामा महंगो कलाकार खासै कोही छैन करिष्मा छन सरोज आफैँ छन् प्रमिाल कार्की छन् प्रमिला नयाँ अनुहार हुन् नेपाली सिने जगतका लागि निर्देशक खनाल आफ्नो कथा भन्नलाई मनाङ, मुस्ताङका पठार कर्णाली पुगेका छैनन् काठामाडौं वरिपरिकै जिल्लामा खिचेका छन्

निर्देशकले सिनेमाका लागि कथा भन्न सिंगल मदरको कथा रोजेका छन् कथा नौलो होइन तर आम नेपालीको घरघरको कथा हो घरघरको कथा हो तर खासै वास्था नगरिएको सिंगल मदरलाई नेपाली समाजले जस्तो व्यवाहार गर्छ यो कथाको मूल आइडिया थियो यसले जसरी सरोजको दिमाग खिच्यो त्यसैगरी दर्शकको पनि

सिंगल मदरलाई नेपाली समाजले अन्याय गरिरहेको जुन गलत हो तर, कोही बोल्दैन किन भनेर जवाफ खोज्ने हो भने सम्भवत समाजको थिति भन्ने धेरैको जवाफ आउला सबै सधैँ चुप बस्ने हो भने कसले बोल्छ ? सरोजको दिमागमा प्रश्न आयो उनले सोचे अब बोल्नु पर्छ निर्णय गरे मैं बोल्छु सरोजले जानेको दृश्य भाषा हो उनले निर्णय गरे सिनेमा बनाउँछु यो कथा भन्ने सरोजको निर्णय अहिले सत्य सावित भइरहको

पछिल्लो समय प्रायः कमेडी सिनेमा दशर्कले मन पराइरहेका छन् छक्का पञ्जा’, ‘कबड्डीयसको उदाहरण हो गत वर्षको बक्सअफिस रिपोर्टले पनि यसलाई पुष्टि गर्छ गत वर्ष चलेका अधिकांश सिनेमा कमेडी जनराकै थिए

नेपाली समाजमा छोराले विवाह ¥यो तर अल्पायुमै बुहारी बितिन् भने बुवाआमा, आफ्ना आफन्त, साथीभाइ, छरछिमेकलाई छोराकोविवाह गरिदिन हतारो हुन्छ जब त्यही घरमा छोरा बिते भने बुहारीको विवाह गरिदिन्छन् ? विवाह गरिदिने कल्पनाको कुरा त्यो सोच्नुपनि अपराध ठान्ने छन् सरोजकोबगानको मुख्य कथा यही हो पितृसत्तात्मक सोच बोकेमा मान्छे घरघरमा छन्, त्यसलाई उनले सिनेमा देखाएका छन् पछिल्लो समय पारिवारिक कथामा खासै धेरै सिनेमा बनेका छैनन् त्यसैले सरोजले घरघरको कथा लिएर हलमा आए सरोज सिनेमामा पारिवारिक कथा बोकेर आए, उनले लिएर आएको त्यही सिनेमाको कथा हेर्न दर्शक हलमा आए पछिल्लो समय दोस्रो दिनमै सिनेमा उत्रिरहेका बेलाबगानचार हप्तासम्म चलिरहेको यसको अर्थ दर्शक पारिवारिक कथा पनि हेर्न चाहन्छन् भन्ने हो

सिनेमाको सुरुमा करिष्मा स्कुल जान्छिन् उनको सानी छोरी छिन् तर पनि उनी स्कुलको ड्रेस लगाएर साना बच्चा झैं ब्यागभरी किताबबोकेर स्कुल जान्छिन् उनको उमेर उनी पढ्ने कक्षा देखेर स्कुलमा विद्यार्थीदेखि छिमेकीसम्मले उनको कुरा काट्छन् जिस्काउँछन् खिसिट्युरी गर्छन् तर, उनी चुपचाप  आफ्नो उद्देश्यमा हिँड्छिन् छोरी स्कुल पढ्ने हुँदा उनी कलेज पढ्न जान्छिन् पढाइ सकेपछिअन्ततः उनी एक गैरसरकारी संस्थामा जागिर खान थाल्छिन् जहाँ उनको भेट हुन्छ सरोज खनालसँग अनि उनीहरू दुई एकअर्कासँग नजिकिन्छन् यो कथा आजको समाजको होइन ? हो उमेर ढल्किसकेपछि स्वंय करिष्मा स्कुल गएकी हैनन् ? हो सायद यहीयथार्थ दर्शकले रुचाए जुन आफैँले समाजमा देखिरहेका छन्

त्यसो सदाबहार नायिका करिष्मालाई दर्शकले हलमा पनि लामो समयपछि देखेका हुन् सरोज आफैँमा काबिल अभिनेता भैगए उनीहरूको अनस्क्रिन जोडी पनि दर्शकले लामो समयपछि देख्न पाएका हुन्

अभिनयमा काविल सरोजले आफू निर्देशनमा पनि काविल बन्न सक्छु भन्ने सम्भावनाको ढोका मात्रै खोलेका छैनन्, फेमेली ड्रामा अहिलेपनि दर्शकले मन पराउँछन् भनेर प्रमाणित गरिदिएका छन्