ललितपुरस्थित गोदावरीमा भाद्र २ गते ‘मेरो भ्वाईस र डान्स यूनिर्भस’को ग्रयाण्ड फिनाले

ललितपुरस्थित गोदावरीमा भाद्र २ गते ‘मेरो भ्वाईस र डान्स यूनिर्भस’को ग्रयाण्ड फिनाले

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं – टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाईस यूनिर्भस र मेरो डान्स यूनिर्भस’को ग्रयाण्ड फिनाले आगामी भाद्र २ गते ललितपुरस्थित गोदावरीमा हुनेछ ।

नेपालको सवै भन्दा ठूलो धनराशी १ करोड पुरस्कार राखिएको शोको बिहिवार टोखा स्थित सुटिङ स्टूडियोमा आयोजक इन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै ग्रयान्ड फिनाले गोदावारी स्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रममा मेरो भ्वाईस यूनिर्भस तर्फ छनौट भएका उत्कृष्ट पाँच प्रतियोगिको र डान्स तर्फको उत्कृष्ट ६ प्रतियोगीको परिचय समेत गराईएको थियो । ३० एपिसोड सम्म प्रसारण भएको मेरो भ्वाईसको टप फाईभमा सिक्कमबाट शिशिर ठटाल र प्रितम राई, दार्जेलिङबाट साइईराज खाती तथा नेपालबाट परेश राई र शरद हुमागाईको अन्तिम प्रतिष्पर्धा हुनेछ ।

त्यसैगरी मेरो डान्स यूनिभर्स तर्फ मिङा डि लेप्चा सिक्किम, खुसी कार्की थाइल्याण्ड, देवी गर्वुजा मगर बेल्जियम र नेपालबाट नेशन सुस्लिङ मगर साजन गुरुङ तथा स्वस्तिक अर्याल मध्ये कुनै पाँच जना बीच अन्तिम प्रतिष्पर्धा हुनेछ । यि दुवै रियालिटी शोका बिजेताले १ करोड पाउँनेछन भने उपविजेताले ३० लाख र तेश्रो हुनेले २० पुरस्कार पाउँनेछन ।

एलन श्रेष्ठको निर्देशनमा निर्माण भएका यि दुवै कार्यक्रमको प्रसारण ३ महिना सम्म भएको थियो जसमा संसारभर छरिएर रहेका नेपाली र नेपालभाषीको सहभागिता रहयो ।

इन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पत्रकार सम्मेलनमा भने – ‘हाम्रा रियालिटी सोले विश्वभर रहेका रहेका नेपालीलाई साँस्कृतिक माध्यमबाट जोड्ने उदेश्य राखेको छ, जसका लागि हामीले एक रुपैयाँ पनि नाफा नराखी यो कार्यक्रम गरेका हौँ त्यसैले आगामी बर्ष हाम्रा कार्यक्रमलाई अझ परिस्कृत गर्दै लाने छौँ ।’

मेरो भ्वाईस युनिभर्स तर्फ जज बनेका बरिष्ठ गायक दीप श्रेष्ठले कार्यक्रममा प्रतियोगीले उठाएको साँस्कृतिक पक्ष मात्र नभई कार्यक्रम निकै अब्बल रहेको दावी गरे । त्यसैगरी डान्स यूनिभर्सको तर्फबाट जज बनेकी अभिनेत्री मिथिला शर्माले प्रतियोगीले नेपाली संस्कृतिलाई राम्रोसँग प्रस्तुत गरेको भन्दै मञ्चमा आउँनु नै जीत हो भन्दै प्रतियोगीको तारिफ गरिन् ।

दुई रियालीटि शोको डान्स तर्फ मिथिला बाहेक शंकर विसी, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई र गेष्ट जजमा ऋचा शर्मा थिईन भने होस्टमा नरेश भट्टराई र सुनिता गुरुङ रहेका थिए ।

यसैगरी भ्वाईस तर्फ दीप श्रेष्ठ सहित सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, सुजता बर्मा छन जुन कार्यक्रमलाई रिमा विश्वकर्मा र सन्दीप क्षेत्रीले होस्ट गरेका थिए ।